एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले सहज जित निकालेको छ ।
शनिबार भएको खेलमा युनाईटेडले एभर्टनलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
एभर्टनको मैदानमा ब्रुनो फर्नान्डेस नायक बनेपछि युनाईटेडले पुनरागमन जित निकालेको हो ।
गुडिसन पार्कमा बेर्नार्डले गोल गर्दै एभर्टनलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, खेलको २५ औं मिनेटमा फर्नान्डेसले गोल गर्दै युनाईटेडलाई १-१ गोलको बराबरीमा फर्काए ।
खेलको ३२ औं मिनेटमा फर्नान्डेसले व्यक्तिगत दोस्रो गोल गर्दै युनाईटेडलाई २-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको इन्जुरी समयमा एडिनस काभानीले गोल गर्दै युनाईटेडलाई ३-१ को जित दिलाए ।

जितसँगै युनाईटेडले लिगमा तेस्रो जित निकालेको छ । र, युनाईटेड लिगको १३ औं स्थानमा उक्लिएको छ ।
युनाईटेडले ७ खेलमा १० अंक जोडेको छ ।
युनाईटेडसँगको हारसँगै एभर्टनले भने शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।
एभर्टन ८ खेलमा १३ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

