एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा आज साविक विजेता बायर्न म्युनिख र बोरुसिया डर्टमण्डबीच प्रतिस्पर्धा हुँदैछ ।
बुन्डेसलिगाकै निकै बहुचर्चित भिडन्त डर्टमण्डको मैदानमा हुनेछ । बायर्न र डर्टमण्डबीचको खेल राति ११:१५ बजे सुरु हुनेछ ।
सिग्नल इडुना पार्कमा मैदान उत्रदा दुबै टिम जित निकाल्ने लक्ष्यमा हुनेछ । त्यसैले दुई टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।
बायर्न र डर्टमण्ड मैदान उत्रदा शीर्षताको होड समेत हुनेछ । बायर्न ६ खेलमा १५ अंक जोडेर लिगको शीर्ष स्थानमा रहेको छ । समान खेलमा समान अंक जोडेको डर्टमण्ड दोस्रो स्थानमा रहेको छ ।
यस्तोमा दुबै टिम जित निकाल्दै शीर्ष स्थानमा आफ्नो अग्रता राख्न चाहन्छ । दुबै टिमले पछिल्लो समय उत्कृष्ट प्रदर्शन समेत गरिरहेको छ ।
बुन्डेसलिगा अन्तर्गत नै आरबी लाइपजिगले फ्राइबर्गसँग खेल्नेछ ।
त्यस्तै आउग्सबर्गले हेर्था बर्लिन, माइन्जले साल्के र स्तुटगार्डले आइनट्राख्ट फ्रान्कफुर्टसँग खेल्नेछ ।