काठमाडौं । घरेलु टिम बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि ढाका पुगेका नेपाली राष्ट्रिय फुटबल टिमका सबै सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले २५ खेलाडी सहित ३४ सदस्सीय नेपाली टोलीको कोरोना नेगेटिभ आएको जनाएको छ ।
ढाका पुगेपछि नेपाली टिमको शुक्रबार पीसीआर परिक्षण गरिएको थियो ।
खेलाडी र अफिसियलको कोरोना रिपोर्ट नेगेटिभ आएपछि नेपाली टोलीले आइतबारबाट मैदानमा प्रशिक्षण थाल्ने भएको छ ।
नेपाली टिम बिहीबार बंगलादेश प्रस्थान गरेका थिए ।
नेपालले कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।
नेपालले बाल गोपाल महर्जनको प्रशिक्षणमा बंगलादेशसँग खेल्नेछ ।
फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
नेपालले साफ च्याम्पियनसिपपछि बंगलादेशसँग खेलेको छैन ।
२०७५ सालको भदौंमा ढाकामा भएको साफको समूह चरणमा नेपालले बंगलादेशलाई २-० ले हराएको थियो ।
नेपाली टिम : अजित भण्डारी, अनन्त तामाङ, अन्जन बिष्ट, एरिक बिष्ट, भरत खवास, विकास खवास, बिक्रम लामा,विमल राना, विशाल श्रेष्ठ, दर्शन गुरुङ, दिप कार्की, दिलेन लोक्तन, जर्ज प्रिन्स कार्की, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रंजित धिमाल, रवी पासवान, सरोज दाहाल, सेसेहाङ आङ्देम्बे, सुवास गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ, छिरिङ गुरुङ