एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले आज रियल बेटिससँग प्रतिस्पर्धा गर्दैछ ।
बार्सिलोनाले घरेलु मैदानमा बेटिससँग खेल्नेछ । बार्सिलोना र बेटिसबीचको खेल ९ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा बार्सिलोना तेस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । बार्सिलोना ६ खेलमा ८ अंक जोडेर तालिकाको १२ औं स्थानमा रहेको छ ।
बेटिस भने ८ खेलमा १२ अंक जोडेर सातौं स्थानमा रहेको छ । बेटिस पाँचौ जित निकाल्दै शीर्ष तीनमा उक्लन चाहन्छ ।
ला लिगा अन्तर्गत नै एट्लेटिको मड्रिडले काडिजसँग खेल्नेछ ।
एट्लेटिको घरेलु मैदानमा जित निकाल्दै शीर्ष स्थानमा उक्लन चाहन्छ । १४ अंक जोडेको एट्लेटिको चौंथो स्थानमा रहेको छ ।
काडिज १४ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
अर्को खेलमा सेभियाले ओसासुनासँग खेल्नेछ ।
त्यस्तै हुएस्का र इबरबीच समेत खेल हुनेछ ।