एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका दुई खेलाडीलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
रियल मड्रिडले इडेन हाजार्ड र कासिमिरोलाई कोरोना पोजेटिभ देखिएको जनाएको छ ।
ला लिगाको खेल अघि शुक्रबार गरिएको परिक्षणमा दुई मिडफिल्डरमा कोरोना देखिएको रियलले जनाएको छ ।
रियलले अन्य खेलाडी र कोचिङ स्टाफको नतिजा भने नेगेटिभ आएको जनाएको छ ।
कोरोना देखिएपछि दुबै खेलाडी सेल्फ आईसोलेसनमा बसेका छन् ।
कोरोना संक्रमित भएपछि हाजार्ड र कासिमिरोले ला लिगा अन्तर्गत भ्यालेन्सियासँगको खेल गुमाउने छन् ।
रियलले आइतबार राति भ्यालेन्सियासँग उसैको मैदानमा खेल्नेछ ।