एजेन्सी । भारतको शीर्ष डिभिजन लिग हिरो आईलिगको नयाँ सिजन जनवरी दोस्रो साताबाट सुरु हुने भएको छ ।
अल इन्डियन फुटबल फेडेरेसन (आईएफएफ) ले नयाँ सिजन जनवरी ९ बाट सुरु हुने जनाएको छ ।
१४ औं संस्करणको लिगका सम्पुर्ण खेलहरु कोलकातामा आयोजना हुने आईएफएफले जनाएको छ ।
कोरोनाको महामारीलाई मध्ये नजर गर्दै यस पटकको लिग एकै स्थानमा गर्न लागिएको हो ।
कोरोनाकै कारण सहभागी ११ टिमले प्रतियोगिताको उद्घाटन खेलको १४ दिन अगाडी नै आयोजकले तयार गरेको बायो सेक्युर बबल भित्र प्रवेश गर्नु गर्नेछ ।
आईएफएफले खेल तालिका भने सार्वजनिक गरेको छैन ।
लिगको पहिलो चरणमा सबै टिमलाई एक अर्कासँग प्रतिस्पर्धा गराइनेछ । त्यसपछि शीर्ष ६ र पुछारका पाँच टिमको दुई छुट्टै समूह बनाईनेछ । समूह विभाजनपछि फेरी एक अर्कासँग खेल्नेछ । त्यसपछि दुई समूहबीच पुन: एक अर्कासँग प्रतिस्पर्धा गराईनेछ । जसमा सर्वाधिक अंक जोड्ने टिम च्याम्पियन बन्नेछ ।
यस पटकको लिगमा नेपाली राष्ट्रिय फुटबल टिमका दुई खेलाडीले सहभागिता जनाउने छन् । नेपाली टिमका कार्यवाहक कप्तान तथा गोलकिपर किरण कुमार लिम्बु पन्पंजाब एफसीबाट खेल्नेछन् ।
यस्तै युवा स्ट्राइकर अभिषेक रिजाल मोहम्मेडन स्पोर्टिङ क्लबबाट खेल्नेछन् । उनको टिम आईलिगमा छनोटबाट बढुवा भएको हो ।
छनोट खेलमा अभिषेकले दुई गोल गरेका थिए ।