एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज म्यानचेस्टर युनाईटेड र एभर्टनबीच प्रतिस्पर्धा हुँदैछ ।
युनाईटेडले एभर्टनसँग उसैको मैदानमा खेल्नेछ । खेल नेपाली समय अनुसार ६:१५ बजे सुरु हुनेछ ।
गुडिसन पार्कमा युनाईटेड तेस्रो जितको खोजीमा हुनेछ । यस सिजन युनाईटेडले ६ खेलमा ७ अंक जोडेको छ ।
युनाईटेड तालिकाको १५ औं स्थानमा रहेको छ । घरेलु टोलीलाई हराएर युनाईटेड अंक तालिका सुधार गर्न चाहन्छ ।
एभर्टनविरुद्धको खेलबाट एन्थोनी मार्सियल टिममा फर्कदै छन् । यस अघि उनी ३ खेलको प्रतिबन्धमा रहेका थिए ।
यस्तै गोलकिपर डेभिड डी जिया र डिफेन्डर एलेक्स टेलास पनि मैदान फर्कने छन् ।
घरेलु टिम भने पाँचौं जित निकाल्ने लक्ष्यमा हुनेछ । एभर्टन युनाईटेडलाई हराएर तालिकाको शीर्ष स्थानमा समेत उक्लन चाहन्छ ।
एभर्टन ७ खेलमा १३ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
युनाईटेडविरुद्ध जेम्स रोड्रिगेजले खेल्ने छन् । उनी चोटमुक्त भईसकेका छन् ।
प्रिमियर लिग अन्तर्गत नै चेल्सीले घरेलु मैदानमा सेफिल्ड युनाईटेडसँग खेल्नेछ ।
चेल्सी घरेलु मैदानमा जित निकाल्दै शीर्ष तीनमा उक्लन चाहन्छ ।
चेल्सी १२ अंक जोडेर सातौं स्थानमा रहेको छ । सेफिल्ड १ अंक जोडेर पुछारमा रहेको छ ।
यस्तै क्रिस्टल प्यालेस र लिड्स तथा वेस्ट ह्याम र फुलहमबीच समेत प्रतिस्पर्धा हुनेछ ।