काठमाडौं । चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई भरतपुर महानगरपालिकाले थप २ करोड आर्थिक सहयोग प्रदान गरेको छ ।
महानगरले शुक्रबार धुर्मुस सुन्तली फाउन्डेसनलाई थप २ करोड आर्थिक सहयोग प्रदान गरेको हो ।
महानगरका प्रमुख रेणु दाहालले फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेललाई आर्थिक रकम हस्तान्तरण गरिन् ।
यस अघि पनि महानगरले रंगशालालाई २ करोड सहयोग गरिसकेको छ । महानगरले यस वार्थिक वर्षमा रंगशालालाई ४ करोड सहयोग गरिसकेको छ ।

भरतपुर नगरपालिकाले उपलब्ध गराएको २० बिघा जग्गामा रंगशाला निर्माण भईरहेको छ । २०७५ साल माघ १६ गते महानगर र फाउण्डेसनबीच सम्झौता भएपछि रंगशाला निर्माण अघि बढेको थियो ।
रंगशाला नेपालको मौलिकता झल्कने गरि कमलको फुलको आकारमा निर्माण गरिनेछ । रंगशाला ३० हजार दर्शक क्षमताको हुनेछ ।
हालसम्म रंगशालाको मुख्य मैदानको काम ९० प्रतिशत सकिएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) का काउन्सेलर तथा क्युरेटर श्रीलंकाका बन्दुला वार्नापुराको पूर्ण निगरानीमा मैदान निर्माण भईरहेको छ ।