बुधबार, असोज १, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
  4. /
  5. 'सफल कप्तानको सर्वाधिक क्याप'

'सफल कप्तानको सर्वाधिक क्याप'

२०१८ सेप्टेम्बर ५, बुधबारनिशान राई

'सफल कप्तानको सर्वाधिक क्याप'

ढाका । बंगलादेश ढाका, साफ च्याम्पियनसिप २०१८ । स्थान बंगबन्धु रंगशाला, बिहिबार बेलुका । खेल - भुटानविरुद्ध नेपाल ।

सम्भवत, नेपाली फुटबलको लागि यो ऐतिहासिक दिन हुनेछ । कीर्तिमान बन्नेछ । अर्को इतिहास नबनेसम्म इतिहासमा दर्ज भईरहनेछ ।

राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जनले यस इतिहास बनाउने छन् । अर्थात्, विराज नेपाली राष्ट्रिय टोलीका लागि सर्वाधिक बढी खेल खेल्ने खेलाडी बन्नेछ ।

साफ च्याम्पियनसिप अन्तर्गत मंगलबार पाकिस्तानविरुद्ध खेल्दै विराजले पुर्व कप्तान राजुकाजी शाक्यसंगको ६८ ‍औ क्यापको कीर्तिमान बराबर गरेका थिए । र, बिहिबार भुटानविरुद्ध मैदान उत्रन पाए विराजले नयाँ कोशेढुंगा पुरा गर्नेछन् । राष्ट्रिय टोलीका लागि ६९ औं क्याप  खेल्ने छन् । 

सन् २००८ मा पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका कप्तान विराज त्यसयता निरन्तर राष्ट्रिय टोलीमा रहेका छन् । पोखरामा भएको उक्त मैत्रीपूर्णमा खेलको ८९ औं मिनेटमा अन्जन केसीको स्थानमा मैदान प्रवेश गर्दै विराजले डेब्यु गरेका थिए । 

सन् २०१५ बाट नेपाली टोलीका कप्तानी सम्हाल्दै आएका विराज अहिले खेल जीवनको अन्त्यतिर पनि छन् । फुटबल परिवारमा हुर्किएका विराज त्रिपुरेश्वर वरिपरी फुटबल खेलेर हुर्किएका थिए ।  विराजका दाजु विक्रम महर्जन र काका रत्नजीत महर्जन पनि राम्रै खेलाडी रहेका थिए ।  दुवैले उमेर समूहबाट नेपालको प्रतिनिधित्व गरिसकेका छन्  । 

एन्फा एकेडमीका दोस्रो ब्याचका खेलाडी विराज नेपालको लागि सफल कप्तान समेत रहेका छन् । विराजको नेतृत्वमा नेपालले बंगबन्धु कप, सोलिडारिटी कप र साग गेम्समा नेपाललाई स्वर्ण दिलाएका थिए ।

घरेलु लिग मनाङ मर्स्याङ्दीबाट खेल्दै आएका कप्तान विराज डिफेन्सको सबै चार पोजिसनमा फिट हुने खेलाडी हुन् ।  ओभरल्यापमा गएर फरवार्डको लागि बल क्रस गर्न माहिर विराजले थ्रीस्टारबाट पनि लामो समय क्लब फुटबल खेलेका छन् ।

नेपाली टोलीका लागि सर्वाधिक क्याप खेल्न लागेका २९ वर्षीय कप्तान विराजले सन्यासबारे भने सोचेका छैनन् । खेलाडीको उच्च प्रदर्शनमा अनुशासन र समर्पण महत्वपूर्ण रहने बताउने विराजले सर्वाधिक क्यापअघि संचारकर्मीसंग कुराकानी गरेका छन् ।

विराजले संचारकर्मीसंग गरेको कुराकानीको सम्पादित अंश :

आफ्नो देशको लागि खेल्न पाउनु, फुटबल जगतको लागि खेल्न पाउनु नै ठुलो कुरा लाग्छ, गर्वको कुरा लाग्छ ।

यो उपलब्धि म व्यक्तिगत रुपमा ठुलो उपलब्धि मान्छु किनकि जो कोहिले चाहेर पनि यो उपलब्धि हासिल गर्न सक्दैन् । धेरैले क्षमता भएपनि पाउदैन । 

सानै देखीको मेहेनत, प्रशिक्षक, समर्थकहरुको मायाले यहाँसम्म पुगे । मेरोलागि गर्वको कुरा हो ।

मैले पहिलेबाटै भन्दै आएको छु । मेरो सफलता भनेको परिवार हो ।  मेरो आमा, बाबा, काका दाई, सम्पूर्ण परिवारको सहयोगको कारण हो ।

म जुनै ठाउमा भएपनि दाईलाई, बाबालाई बिर्सन्न, म सानो हुँदा दाईको पछिपछि जाने, दाईको खेल हेर्न जाने गर्थे त्यहिँबाट फुटबल मेरो प्यासन भयो ।  त्यहिँ कारणले म यो ठाउमा छु । 

फुटबलमा मात्र हैन, जुनै पनि क्षेत्रमा अनुशासन चाहिन्छ ।  जब आफु भन्दा ठुलोलाई आदर गर्दैन र सानोलाई माया गर्दैन भने त्यो खेलाडीमा समस्या हुन्छ ।  जीवनमा उ अगाढी बढ्न सक्दैन जस्तो लाग्छ । 

मैले पनि सानो हुँदा धेरै सिनियर दाईहरु र प्रशिक्षकहरुसंग खेल्न पाए । अहिलेका भाईहरु धेरै क्षमतावान खेलाडी हुनुहुन्छ ।  उहाहरुले अनुशासन पुरा गर्नु भएन भने सोचेको जस्तो माथी जान सक्नु हुन्न ।  अनुशासन र समर्पण महत्वपूर्ण हुन्छ ।  आफ्नो विगत र इतिहास बिर्सन्न हुन्न । 

मैले लामो समयबाट खेल्दै आएको छु ।  सधै खेलिरहन स्वास्थ्यले पनि साथ दिनु पर्छ ।  मैले खेलिरहदा वा सिनियर खेलाडीको स्थानमा कसैले नेतृत्व गर्न सक्छ भने हामीले छाड्नु पर्छ भन्ने सोचेको छु ।  आफ्नो शरीरले भ्याएसम्म खेल्नेछु । 

मेरो करियरमा नेपाली फुटबल तलमाथि भईरह्यो । कति जित्यौ कति हार्यौ ।  अहिले आएर नेपाली फुटबल केहि  खस्किएको छ ।  एकनासे प्रदर्शन छैन । 

मेरो करियरमा धेरै नेपाली फुटबलमा धेरै परिवर्तन आएको छ ।  पहिले कम गोल खाने तरिकाले खेल्थ्यौ भने अहिले जित्ने तरिकाले खेल्छौ । टिम प्लान अनुसार खेल्छौ । हामीले हाम्रो फुटबल एकनास तरिकाले लैजान सके हामी धेरै माथि जान सक्छौं ।'

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रियलका १८ वर्षीय मास्तान्तुओनोले बनाए इतिहास

रियलका १८ वर्षीय मास्तान्तुओनोले बनाए इतिहास

मेसीको गोलसँगै जितको लयमा फर्कियो मियामी

मेसीको गोलसँगै जितको लयमा फर्कियो मियामी

पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक

पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक

Bhat Bhateni
रियलका १८ वर्षीय मास्तान्तुओनोले बनाए इतिहास

रियलका १८ वर्षीय मास्तान्तुओनोले बनाए इतिहास

मेसीको गोलसँगै जितको लयमा फर्कियो मियामी

मेसीको गोलसँगै जितको लयमा फर्कियो मियामी

पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक

पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

पीएसजीलाई रोक्न सक्ने को?

पीएसजीलाई रोक्न सक्ने को?

फुटबलबाट उम्टिटीले लिए बिदा

फुटबलबाट उम्टिटीले लिए बिदा

सुपर फोमा पुग्यो भारत

सुपर फोमा पुग्यो भारत

नेपालको जितमा समीरको २ गोल

नेपालको जितमा समीरको २ गोल