पीएसजीको महङ्गो जित
बिहिबार, कार्तिक १३, २०७७खेलपाटी संवाददाता

एजेन्सी । ब्राजिली स्टार नेयमारले चोट बोकेको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले च्याम्पियन्स लिग फुटबलमा इस्तानबुल बासाकेशिरलाई हराएको छ ।
बुधबार राति भएको समूह एचको खेलमा पीएसजीले टर्कीस क्लब इस्तानबुल बासाकेशिरलाई २–० ले हराएको हो ।
पीएसजीको जितमा यसै सिजन एभर्टनबाट लोनमा आएका मोइस केनले दुई गोल गरे ।
खेलको ६४ औं मिनेटमा पहिलो गोल गरेका उनले ७९ औं मिनेटमा दोस्रो गोल गरेका थिए । केनको दुवै गोलका लागि केलियन एम्बाप्पेले पास मिलाएका थिए ।

खेलको सुरुवातमै मांशपेशीमा चोट बोक्दै नेयमार मैदानबाट बाहिरीएका थिए ।
च्याम्पियनस लिगको पहिलो खेलमा म्यान्चेष्टर युनाईटेडसंग हार ब्यहोरेको पीएसजीले पहिलो जित दर्ता गरेको छ । पीएसजी गत सिजनको उप विजेता टोली हो ।
पीएसजीले समूहमा तीन अंक जोडेको छ । टर्कीस क्लब अंक विहिन हुँदै पुछारमा छ ।






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

