एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (शनिबार) चार खेल हुँदैछ ।
प्रिमियर लिगमा शनिबार साविक विजेता लिभरपुल, एभर्टन, चेल्सी, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाईटेड, आर्सनल लगायतका ठुला क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
साविक विजेता लिभरपुलले एभर्टनसँग उसैको मैदानमा खेल्नेछ । मर्सिसाइड डर्बी भिडन्त नेपाली समय अनुसार साँझ ५:१५ बजे सुरु हुनेछ ।
अपराजित टिम एभर्टनविरुद्ध मैदान उत्रदा लिभरपुल चौंथो जितको खोजीमा हुनेछ । तर, घरेलु टिम एभर्टनलाई हराउँन लिभरपुललाई कठिन हुनेछ ।
लिभरपुल ४ खेलमा ९ अंक जोडेर तालिकाको पाँचौं स्थानमा रहेको छ ।
एभर्टन घरेलु मैदानमा अपराजित यात्रालाई कायम राख्ने लक्ष्यमा हुनेछ । तर, लिभरपुललाई पराजित गर्न एभर्टनलाई सहज भने छैन । ४ खेलमा एभर्टन अपराजित रहेको छ ।
एभर्टन ४ खेलमा १२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
म्यानचेस्टर सिटीले घरेलु मैदानमा आर्सनलसँग खेल्नेछ ।
सिटी र आर्सनलबीचको खेल नेपाली समय अनुसार राति १०:१५ बजे सुरु हुनेछ ।
सिटी घरेलु मैदानमा आर्सनललाई हराएर दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ ।
सिटी ३ खेलमा ४ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।
आर्सनल भने चौंथो जित निकाल्ने लक्ष्यमा हुनेछ । आर्सनल ४ खेलमा ९ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
यस्तै चेल्सीले घरेलु मैदानमा साउथह्याम्पटनसँग खेल्नेछ ।
चेल्सी र साउथह्याम्पटनबीचको खेल नेपाली समय अनुसार ७:४५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा चेल्सी तेस्रो जितको खोजीमा हुनेछ । सातौं स्थानको चेल्सीले ४ खेलमा ७ अंक जोडेको छ ।
४ खेलमा ६ अंक जोडेको साउथह्याम्पटन ११ औं स्थानमा रहेको छ ।
प्रिमियर लिग अन्तर्गत नै म्यानचेस्टर युनाईटेडले न्युकासल युनाईटेडसँग खेल्नेछ ।
न्युकासलको मैदानमा हुने खेल राति १२:४५ बजे सुरु हुनेछ ।
युनाईटेड दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । १६ औं स्थानको युनाईटेडले ४ खेलमा ३ अंक जोडेको छ ।
न्युकासल ७ अंक जोडेर तालिकाको नवौं स्थानमा रहेको छ ।