काठमाडौं । तारकेश्वर फुटबल प्रतियोगिताको उपाधिको लागि आयोजक तारकेश्वर युवा क्लब र चक्रपथ युथ क्लबले प्रतिस्पर्धा गर्ने भएका छन् ।
काठमाडौंको तारकेश्वरमा जारी ६-ए साईड प्रतियोगिताको सेमिफाइनलमा जित निकाल्दै तारकेश्वर र चक्रपथ उपाधिका लागि भिड्ने भएका हुन् ।
प्रतियोगिताको पहिलो सेमिफाइलमा सामुराई एफसीलाई ३-० गोल अन्तरले पराजित गर्दै चक्रपथ उपाधि नजिक पुगेको हो । चक्रपथको जितमा सुजत लिम्बुले दुई तथा अनिल सिलवालले एक गोल गरे ।
यस्तै प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आयोजक तारकेश्वरको 'ए' टिमले जी ब्रदर्शलाई ३-० गोल अन्तरले नै पराजित गर्याे ।
आयोजकलाई उपाधि नजिक पुर्याउन सुजन महर्जन र सुरेश परियारले एक एक गोल गरे भने जी ब्रदर्शका रोनिस क्षेत्रीले आत्माघाति गोल गरे ।
प्रतियोगिताको विजेताले ट्रफी सहित २० हजार प्राप्त गर्नेछ । दोस्रो टिमले मेडलसहित १० हजार प्राप्त गर्दा तेस्रो हुने टिमले मेडल सहित ५ हजार प्राप्त गर्नेछ ।
यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले मेडल सहित ५ हजार प्राप्त गर्नेछ भने उत्कृष्ट गोलरक्षक, प्रशिक्षक र फेयर प्ले टिमले जनही २ हजार प्राप्त गर्नेछन् ।