एजेन्सी । फ्रान्सेली मिडफिल्डर पाउल पोग्बा प्रिमियर लिग क्लब म्यानचेस्टर युनाईटेडमै बस्ने भएका छन् ।
२७ वर्षीय पोग्बाले युनाईटेडसँगको सम्झौता थप एक वर्षका लागि नवीकरण गरेका छन् ।
सम्झौता नवीकरणसँगै पोग्बा सन् २०२२ सम्म युनाईटेडमा रहने भएका छन् ।
विश्वकप विजेता मिडफिल्डर पोग्बा र युनाईटेडबीचको सम्झौता यसै सिजनको अन्त्यमा सकिदै थियो ।
तर, सम्झौता नसकिदै पोग्बा युनाईटेडमा रहन तयार भएका हुन् ।
पछिल्लो समय स्पेनिस क्लब रियल मड्रिड जाने चर्चा चलिरहेको बेला पोग्बाले युनाईटेडसँग सम्झौता गरेका हुन् ।
पोग्बा सन् २०१६ मा युभेन्ट्सबाट युनाईटेड फर्किएका थिए ।
पोग्बाले गत सिजन चोटको कारण मात्र २२ खेल खेलेका थिए ।
यस सिजन भने तीन खेल खेलिसकेका छन् ।