एजेन्सी । टोटेनहम प्रशिक्षक जोसे मौरिन्होले फरवार्ड ग्यारेथ वेल आईतबार वेस्ट ह्यामविरुद्धको खेलमा मैदान उत्रन सक्ने बताएका छन् ।
३१ वर्षिया फरवार्ड पछिल्लो समय घुँडाको चोटबाट मैदान फर्कन प्रयासरत छन् । उनी गत सेप्टेम्बरमा लोनमा रियल मड्रिडबाट टोटेनहम फर्किएका हुन् ।
वेल्सका अन्तराष्ट्रिय फरवार्ड पछिल्लो दुई हप्ता टोटेनहमको पूर्णकालिन अभ्यासमा फर्किएका छन् । प्रशिक्षक मौरिन्होले बेलको अवस्था राम्रो रहेको बताएका छन् ।
‘सम्भवत उनी आईतबार खेल्नेछन् । यदी भएन भने उनी बिहिबार खेल्नेछन् ।’ उनले भने ।
‘उनी निकै नजिक छन् ।’ मौरिन्होले थपे ।
टोटेनहमले अष्ट्रेलियन क्लब लास्कसंग युरोपा लिगको पहिलो खेल खेल्दैछ ।
मौरिन्होले भने, ‘पक्कैपनि उनी खेल्न चाहन्छन् । उनी आएको दिनबाट खेल्न चाहन्छन् । तर त्यो सम्भव छैन । म यो भन्न गईरहेको छैन कि उनी खेल्न गईरहेका छन् कि छैनन् ।’
‘म भन्न चाहन्छु । उनी राम्रो तयारी गरिरहेका छन् । उनले यसरी काम गरिरहेका छन्, जुन सायद उनले केही समय अघिबाट गर्न पाएका थिएनन् ।’ मौरिन्होले भने, ‘हामीले उनीमाथि धेरै ध्यान केन्द्रित गरेका छौ । उनको अवस्था ठिक छ ।’
‘के उनी आईतबार वा बिहिबार खेल्छन् ? हामीले निर्णय लिएका छैनौ । सबै खेलाडी महत्वपूर्ण हुन्छन्, तर इतिहासको कारण ग्यारेथ बेलको स्थिती विशेष छ । हामी उनीबारे उतिनै ध्यान राख्छौ, जति उनी टोटेनहमबारे राख्छन् ।’ उनले भने ।
प्रशिक्षक मौरिन्होले आईतबारको खेलमा फरवार्ड ह्यारी केन टोटेनहममा उपलब्ध हुने बताए ।