एजेन्सी । केलियन एम्बाप्पे प्रेरित पेरिस सेन्ट जर्मेन पीएसजीले फ्रान्सेली लिग वानमा सहज जित निकालेको छ ।
शुक्रबार राति भएको खेलमा पीएसजीले १० खेलाडीमा सिमित निम्समाथि ४–० को जित निकालेको हो ।
सुरुवाती १२ औं मिनेटमा लोइक लान्ड्रे रातो कार्ड खादै मैदान बाहिरिएपछि निम्सले बाँकी ७८ मिनेट १० खेलाडीमा सिमित बनेर खेलेको थियो ।
एम्बाप्पेको गोलमा पहिलो हाफमा एक गोल गरेको पीएसजीले दोस्रो हाफमा तीन गोल थपेको थियो ।

खेलको ३२ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।
७७ औं मिनेटमा एलेसेन्ड्रो फलोरेन्जीले पीएसजीको अग्रता दोब्बर बनाए ।
एम्बाप्पले ८३ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ३–० को अघि बढाए ।
खेल सकिन दुई मिनेट अघि पाब्लो सरबियाले गोल गर्दै लिग वान च्याम्पियनलाई ४–० को शानदार जित दिलाए ।

पीएसजी मुख्य फरवार्ड नेयमार बिनै मैदान उत्रिएको थियो । नेयमार ब्राजिलको राष्ट्रिय टिममा रहेका छन् । उनले बुधबारमात्र पेरुविरुद्ध ह्याट्रिक गरेका थिए ।
एभर्टनबाट लोनमा आएका फरवार्ड मोइस केनले पीएसजीबाट डेब्यु गरेपपिन गोल गर्न भने असफल रहे ।
पीएसजी ७ खेलबाट १५ अंक सहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । निम्स ८ अंक सहित १३ औं स्थानमा छ ।
