आइतबार, कार्तिक २४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

साफ च्याम्पियनसिप : पाकिस्तानलाई हराएर सुखद सुरुवात गर्ने नेपालको लक्ष्य

मंगलबार, भदौ १९, २०७५खेलपाटी संवाददाता
साफ च्याम्पियनसिप : पाकिस्तानलाई हराएर सुखद सुरुवात गर्ने नेपालको लक्ष्य
Classic Tech Internet Ad

ढाका । साफ सुजुकी कप फुटबल आजबाट (मंगलबार) बंगलादेशको ढाकामा सुरु हुँदैछ । ढाकास्थित बंगबन्धु स्टेडियममा हुने नेपालले पाकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३:४५ मा सुरु हुनेछ । मंगलबार नै बेलुका ६:४५ मा घरेलु टोली बंगलादेश र भुटानले प्रतिस्पर्धा गर्दैछ ।

पाकिस्तानविरुद्ध मैदान उत्रदा नेपाल सुखद नतिजा निकाल्ने योजनामा हुनेछ । अर्थात्, उपाधि जित्ने लक्ष्य लिएको नेपाल पाकिस्तानलाई हराएर  उपाधि यात्राको थालनी गर्नेछ ।

समूह 'ए' मा रहेको नेपाललाई अघिल्लो चरणमा प्रवेशको लागि पाकिस्तानविरुद्धको खेल महत्वपूर्ण रहेको छ । पाकिस्तानलाई हराउन सके नेपालको सेमिफाइनल पुग्ने सम्भावना बलियो बन्नेछ ।

पराजित भए भुटान र बंगलादेशबीचको खेल नेपाललाई जित्नै पर्ने दबाब छ । नेपालले बिहिबार भुटान र शनिबार बंगलादेशको सामना गर्नेछ ।

साफ फुटबलको १२ औं संस्करणसम्म आइपुग्दा नेपालले उपाधि जित्न सकेको छैन । तर, यस संस्करण उपाधि जित्दै नेपालले पहिलोपटक साफ जित्ने लक्ष्य बनाएको छ ।

‘हामी उपाधिका लागि आएका हौ,’ नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले भने, ‘हाम्रो पहिलो लक्ष्य नकआउट चरण पुग्नु हुनेछ । त्यसपछि हामी उपाधिका लागि लड्नेछौ ।’

तर, प्रशिक्षक महर्जनले भनेजस्तो पाकिस्तानविरुद्ध नेपाललाई जित निकाल्न सहज भने छैन । पछिल्लो समय पाकिस्तान निकै बलियो टिमको रुपमा रहदै आएको छ । त्यसैले नेपाललाई ढुक्क हुने स्थिति छैन ।

पाकिस्तानविरुद्ध जित निकाल्न प्रशिक्षक महर्जनले टिम स्क्वाड बलियो बनाउने छ । मुख्य त प्रशिक्षक महर्जनले ४-४-२ को फर्मेसनमा नेपाली टोली मैदान उतार्नेछन् ।

नेपाली टोलीमा सुमन अर्यालले डेब्यु गर्ने सम्भावना बलियो छ । प्रशिक्षक महर्जनले उनलाई लामो दौडका घोडा रहेको बताउदै आएका छ ।

नेपालले पाकिस्तानविरुद्ध पछिल्लो पटक सन् २०१३ मा घरेलु मैदानमा खेलेको थियो । दशरथ रंगशालामा भएको खेलमा नेपालले १ - १ को बराबरी खेलेको थियो । उक्त खेलमा डेब्यु खेलाडी बिमल घर्ति मगरले सनसनीपूर्ण गोल गरेका थिए । बिमल नेपाली टोलीमा रहेका छ ।

यस्तै यू -२३ टिमले भने इन्डोनेसियामा सोमबार सम्पन्न एसियन गेम्समा खेलेको थियो । उक्त खेलमा नेपाल २ - १ ले पराजित भएको थियो ।

साफमा मात्रै पाकिस्तानविरुद्ध नेपालले हालसम्म ६ खेल खेलेको छ ।साफको नयाँ संकरणपछि नेपालले ४ खेल खेलेको छ । जसमा नेपालले  ६ खेलमा २ जित निकाल्दा ३ खेलको बराबरी खेलेको छ । यस्तै नेपालले एक खेलमा पराजय बेहोरेको छ ।

नेपाल भर्सेस पाकिस्तान (हेड टु हेड )

सन् १९९३ जुलाई १६ : १ – १ को बराबरी

सन् १९९५ मार्च २९ : नेपाल २ – ० ले नेपाल र पाकिस्तानद्वारा विजयी

सन् १९९७ सेप्टेम्बर ४ : नेपाल २ – ० ले पराजित

सन् २००८ जुन ७ : नेपाल ४ – १ ले विजयी

सन् २०११ डिसेम्बर ६ : नेपाल र पाकिस्तानद्वारा  १ – १ को बराबरी

सन् २०१३ सेप्टेम्बर ३ : नेपाल र पाकिस्तानद्वारा १ - १ को बराबरी

 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चेल्सीको प्रभावशाली जित

चेल्सीको प्रभावशाली जित

८८१ मिनेटपछि आर्सनलले खायो गोल

८८१ मिनेटपछि आर्सनलले खायो गोल

हारबाट जोगियो युनाइटेड

हारबाट जोगियो युनाइटेड

Bajaj Pulsar Motorcycle Ad
चेल्सीको प्रभावशाली जित

चेल्सीको प्रभावशाली जित

८८१ मिनेटपछि आर्सनलले खायो गोल

८८१ मिनेटपछि आर्सनलले खायो गोल

हारबाट जोगियो युनाइटेड

हारबाट जोगियो युनाइटेड

पथरी गोल्डकपको उपाधि सिरहाको सलहेशलाई

पथरी गोल्डकपको उपाधि सिरहाको सलहेशलाई

यु–१४ फुटबल : ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा

यु–१४ फुटबल : ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा

टाइब्रेकरमा आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

टाइब्रेकरमा आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

नेपाल फाइनलमा

नेपाल फाइनलमा

हैरान्सको जितमा रोशनको २ गोल

हैरान्सको जितमा रोशनको २ गोल