एजेन्सी । बंगलादेशले राष्ट्रिय महिला फुटबल टिमले प्रशिक्षण सुरु गरेको छ ।
कोरोना महामारीका बीच बंगलादेश फुटबल महासंघ (बीएफएफ)ले उमेर समूह र राष्ट्रिय महिला टिमको प्रशिक्षण सुरु गरेको हो ।
बंगलादेश फुटबल महासंघले अन्तराष्ट्रिय प्रतियागितालाई लक्षित गर्दै प्रशिक्षण सुरु गरेको हो ।
बंगलादेश यू–१७, यू–२० र महिला राष्ट्रिय टिमले आईतबारबाट विर–श्रेष्ठ सहिद सिपोही मुस्ताफा कमल स्टेडियममा अभ्यास सुरु गरका छन् ।

मुख्य प्रशिक्षक गेलम रब्बानी चेतनले ३३ जनालाई महिला टिममा प्रशिक्षणका लागि बोलाएका छन् ।
बंगलादेशले मार्च १३ देखि २१ सम्म एएफसी यू–२० महिला च्याम्पियनसिप छनोट २०२२ खेल्ने तालिका रहेको छ ।
यस्तै, अप्रिल ३ देखि ११ सम्म यू–१७ महिला च्याम्पियनसिप छनोट २०२२ खेल्नेछ ।
बंगालदेश फुटबल महासंघले कोरोना महामारीका बीच सरकारको स्वास्थ्य नियमानुसार अभ्यास गर्ने जनाएको छ ।

पछिल्लो समय महिला फुटबलमा ठुलो लगानी गरिरहेको बंगलादेशले कोरोना महामारीका बीच पनि महिला टिमको अभ्यास सत्र सुरु गरेको हो ।
बंगालदेशले प्रशिक्षण सुरु गर्दा अन्य दक्षिण एसियाली मुलुकले प्रशिक्षण संचालन गर्न सकेका छैनन् ।
नेपालमा समेत सरकारले अनुमति नदिँदा प्रशिक्षण सहित महिला लिग रोकिएको छ ।