एजेन्सी । इर्लिङ हाल्याण्डले पहिलो अन्तराष्ट्रिय ह्याट्रिक गरेको खेलमा नर्वेले रोमानियाविरुद्ध शानदार जित निकालेको छ ।
आइतबार राति भएको खेलमा हाल्याण्ड प्रेरित नर्वेले रोमानियालाई ४–० गोल अन्तरले पराजित गरेको हो ।
बोरुसिया डर्टमण्डका फरवार्डले आफ्नो उत्कृष्ट फर्मलाई निरन्तरता दिदै खेलको १५ औं मिनेटमा नर्वेलाई अघि बढाएका थिए ।
जर्मन क्लब आरबी आइपेजिगका अलेक्जेनडर सोरलाथले अग्रता दोब्बर बनाए ।
दोस्रो हाफको ६४ औं मिनेटमा हाल्याण्डले व्यक्तिगत दोस्रो गोल गरे । त्यसको १० मिनेटपछि उनले ह्याट्रिक पुरा गरेका थिए ।

नर्वे गत बिहिबार युरो कप छनोटको प्लेअफमा सर्बियासंग पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको थियो ।
नेसन्स लिगको समूहको शीर्ष स्थानमा रहेको नर्वेले अब नर्दन आयरल्याण्डसंग खेल्नेछ ।