• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
खेलकुद ठप्प राख्न भएन – ओलम्पिक कमिटी
खेलपाटी संवाददाता
मंगलबार, असोज २०, २०७७ खेलपाटी संवाददाता
खेलकुद ठप्प राख्न भएन – ओलम्पिक कमिटी

काठमाडौं । नेपाल ओलम्पिक कमिटि (एनओसी)ले खेलकुद गतिविधि अघि बढाउने बिषयमा सरकार गम्भिर हुनुपर्ने बताएको छ ।

कोरोना भाइरसका कारण खेलकुद गतिविधि ठप्प भएको अवस्थामा एनओसीले खेलकुदलाई चलायमान बनाउने बिषयमा सरकारले ठोस योजना ल्याउनुपर्ने बताएको हो ।

एनओसी महासचिव निलेन्द्रराज श्रेष्ठले निश्चित मापदण्ड बनाएर खेलकुदलाई अघि बढाउन निकै ढिला भईसकेको बताए ।

‘कोभिड हामीसंगै बस्ने भयो । खेलकुदलाई ठप्प राखेर भएन । अगाडी बढाउन पर्यो ।’ महासचिव श्रेष्ठले भने, ‘खेलकुदको नेतृत्वदायी निकायले मापदण्ड बनाएर खेलकुदलाई चलायमान बनाउने वातावरण बनाउनुपर्यो । यसाे गर्दा ओलम्पिक सहितका संघहरुले आ-आफ्नो अभ्यास सुरु गर्छन् ।’

कोरोनाको संक्रमण बढ्न थालेपछि सरकारले चैतको पहिलो साताबाट सम्पूर्ण खेलकुद गतिविधि गर्न रोक लगाएको छ । कोरोना संक्रमण बढ्न नदिन सरकारले लागू गरेको लकडाउन र निषेधाज्ञाको लामो श्रृङ्खला पार भईसकेको छ । तर दिनहु देशभित्र कोरोना संक्रमित बढिरहेका छन् ।

कोरोना कहरले जनजिवन अस्तव्यस्त बनेपछि सरकारले लामो समयदेखि लागू गरेको लकडाउन र निषेधाज्ञा हटाउने निर्णय गरेको छ । तर खेलकुद गतिविधिमाथि लागेको सरकारको रोकवाट अझपनि यथावत छ । सार्वजनीक यातायात, पसल, उधोगहरु सञ्चालनमा आएपनि खेलकुदका कुनै गतिविधि अघि बढ्न पाएका छैनन् ।

सरकारको रोकका कारण खेलाडीहरु अभ्यासमा निस्कन पाएका छैनन् भने घरेलु खेलकुदका सम्पूर्ण गतिविधि ठप्प छन् । घरेलु खेलकुदको कार्यकारी निकाय राखेप र सर्वोच्च निकाय युवा तथा खेलकुद मन्त्रालयले खेलाडीलाई अभ्यासमा फर्काउने कुनै ठोस पहल चालेका छैनन् ।

ओलम्पिक कमिटिका महासचिव श्रेष्ठले खेलकुदलाई खुल्ला गर्ने वातावरण बनाउने दायित्व मन्त्रालय र राखेपको रहेको बताए ।

खेलकुद संघले आफै प्रशिक्षण सुरु गर्दा सरकारविरुद्ध गएको देखिने उल्लेख गर्दै महासचिव श्रेष्ठले निश्चित मापदण्ड र नीति बनाएर प्रशिक्षण खुल्ला गर्न आवश्यक रहेको बताए ।

‘खेलकुदलाई खुल्ला गराउने भनेको मन्त्रालयले हो । यसलाई नीति र मापदण्ड बनाएर खोल्न आवश्यक छ । यसले खेलकुद चलायमान बनाउँछ ।’ उनले भने, ‘खेलकुद संघहरु संस्थागत रुपमा आफै अघि बढ्दा सरकारको विरोधमा गएको जस्तो देखिन्छ ।’

सरकारले भदौ १ गतेबाट अन्तराष्ट्रिय प्रतियोगिताको प्रशिक्षण खुल्ला गर्ने निर्णय गरेको थियो । सोही अनुसार अखिल नेपाल फुटबल संघ (एन्फा) सहितका विभिन्न खेलकुद संघले प्रशिक्षण सुरु गर्ने योजना बनाएका थिए । तर काठमाडौंमा बढ्दो संक्रमितको संख्यासंगै सरकारले निषेधाज्ञा सुरु गरेपछि फुटबल सहित सबै खेलको प्रशिक्षण अनिश्ति समयका लागि बन्द भएको छ ।

लकडाउन र निषेधाज्ञा हटेसंगै ब्याडमिन्टन सहितका केही खेलको प्रशिक्षण अनौपचारिक रुपमा सुरु भएको छ । तर सरकारको रोकावटका कारण खेलाडीहरु प्रशिक्षणमा फर्कन सकेका छैनन् । एन्फाले प्रशिक्षणका लागि सरकारसंग अनुमती मागेको अवस्था छ । तर एन्फाको प्रस्तावलाई सरकारले रोकेर राखेको छ ।

नेपाल ट्रायथलन संघका महासचिव समेत रहेका श्रेष्ठले प्रशिक्षणमा ढिलाई हुदाँ खेलाडी पलायन हुने सम्भावना धेरै देखिएकाे बताए ।

‘खेलाडी पलायन हुने अवस्था देखिसक्यो । यसको असर अर्को पुस्तामा देखिन्छ । खेलकुद ठप्प हुदाँ अर्को पुस्ता पछि हट्छ ।’ उनले भने ।

श्रेष्ठले भने, ‘कोरोनाले प्रशिक्षण सुरु नहुदाँ अहिलेका खेलाडी पलायन हुने डर छ । यसले गर्दा नयाँ पुस्तालाई आकर्षण गरेर खेलकुदमा जोड्न सकिन्न । त्यसैले तुरुन्त खेलकुदलाई चलायमान बनाउनुपर्छ ।’

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
सेमिफाइनलमा पीएसजी र रियल भिड्ने
सेमिफाइनलमा पीएसजी र रियल भिड्ने
कठिन जितसहित रियल सेमिफाइनलमा
कठिन जितसहित रियल सेमिफाइनलमा
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP