सडक दुर्घटनामा परेका क्रिकेटर नाजिबको निधन
मंगलबार, असोज २०, २०७७खेलपाटी संवाददाता

एजेन्सी । सडक दुर्घटनामा परेका अफगानिस्तानका क्रिकेटर नाजिबउल्लाह ताराकाइको निधन भएको छ ।
अफगानिस्तानको नागहरमा गत शुक्रबार दुर्घटनामा परेका नाजिबउल्लाहको मंगलबार निधन भएको हो ।
अफगानिस्तान क्रिकेट बोर्डले २९ वर्षीय ओपनर ब्याट्सम्यानको निधन भएको पुष्टि गरेको छ ।
बाटो काट्ने क्रममा रहेका नाजिबउल्लाहलाई कारले ठक्कर दिएको थियो । घटना लगत्तै उनलाई अस्पताल पुर्याइएको थियो ।
नाजिबउल्लाहले सन् २०१४ मा अफगानिस्तानबाट अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए ।
उनले १२ टी-ट्वान्टी अन्तराष्ट्रिय र १ एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट खेलेका छन् ।
टी-ट्वान्टी अन्तराष्ट्रिय एक अर्धशतकसहित उनले २ सय ५८ रन बनाएका छन् ।









-1762302838469.webp&w=3840&q=75)
-1762302250964.webp&w=3840&q=75)


