आयशा र पार्वतीलाई स्वर्ण
सोमबार, १९ आश्विन २०७७खेलपाटी संवाददाता
काठमाडौं । आयशा शाक्य र पार्वती गुरुङले प्रथम बंगलादेश तेक्वान्दो अनलाइन अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेका छन् ।
महिलातर्फ आयशाले ४० वर्षमुनि र पार्वतीले ३० वर्षमुनि उमेर समूहमा स्वर्ण जितेको तेक्वान्दो प्रशिक्षक ओलम्पियन दीपक विष्टले जनाएका छन् ।
पार्वतीले स्वर्ण जितेको स्पर्धामा निता गुरुङ रजतमा सीमित भइन् ।
पुरुष २४ वर्षमुनि कृष्णबहादुर तामाङले रजत हात पारे भने दीपेन्द्र गुरुङले छैटौं स्थानमा रहे ।
सोही उमेर समूहको महिला स्पर्धामा सिना मादेन दोश्रो भइन् ।











-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)