• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
तेक्वान्दो सहितका संघको वैधानिक हैसियत समाप्त
हिम बिक्रम केसी
आइतबार, असोज १८, २०७७ हिम बिक्रम केसी
तेक्वान्दो सहितका संघको वैधानिक हैसियत समाप्त

काठमाडौं । तेक्वान्दो सहित समान प्रकृतिका एक भन्दा बढी खेलकुद संघ तथा महासंघको काम गर्ने वैधानिक हैसियत समाप्त भएको छ ।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ ले एकै उद्धेश्य भएका एक भन्दा बढी संघ वा महासंघको दर्ता स्वत समाप्त हुने उल्लेख गरेको छ ।

ऐनको दफा ६ को उपदफा (५) अनुसार ऐन लागू भएको मितिले तीन महिनाभित्र एउटै खेल संघ वा महासंघ गठन गरी दर्ताका लागि परिषद्ले सुचना जारी गर्ने उल्लेख छ ।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ असार १७ गतेबाट कार्यान्व्यनमा आएको थियो । ऐन कार्यान्व्यनमा आएको मितिले असोज १७ गते तीन महिना पुरा भएको छ ।

तर ऐन कार्यान्व्यनमा आएको तीन महिना बितिसक्दा समेत परिषद्ले एउटै खेल संघ वा महासंघ बनाउन कुनै प्रयत्न गरेन ।

ऐनको दफा (७)को उपदफा (६) अनुसार तोकिएको म्यादभित्र एउटै संघ वा महासंघ गठन नगरेमा त्यस्ता खेल संघ वा महासंघको दर्ता स्वत समाप्त हुने उल्लेख छ ।

सोही अनुसार तेक्वान्दो खेल सहित परिषद्मा दर्ता भएका एकै प्रकृतिका एक भन्दा बढी संघको काम गर्ने वैधानिक हैसियत समाप्त भएको हो ।

वरिष्ठ अधिवक्ता उपेन्द्र केसरी न्यौपानेले समान प्रकृतिका संघहरुको कानुनी हैसियत यथावत रहेपनि काम गर्ने वैधानिक अधिकार समाप्त भएको बताउँछन् ।

‘प्राविधिक रुपमा कानुनी हैसियत यथावत रहेपनि त्यस्ता संघहरुको काम गर्ने वैधानिक हैसियत भने सकिन्छ ।’ न्यौपानले खेलपाटीसंग भने ।

अधिवक्ता न्यौपानेले एकै प्रकृतिका एक भन्दा बढी संघ तथा महासंघको काम कारबाही निष्कृय हुने उल्लेख गरे ।

‘संघहरुले अब कुनै काम गर्न सक्ने अवस्था रहेन । उनीहरुको काम गर्ने वैधानिक अधिकार सकिएको छ ।’ उनले भने ।

ऐन कार्यान्व्यको जिम्मेवार निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)भने विवादीत संघलाई मिलाएर लैजाने दिशामा काम अघि बढिरहेको बताएको छ ।

राखेप सदस्य सचिव रमेशकुमार सिलवालले समान प्रकृतिका एक भन्दा बढी खेलकुद संघलाई मिलाएर लैजाने दिशामा काम गरिरहेको खेलपाटीलाई बताए ।

‘ऐनले समान प्रकृतिका संघलाई एउटै बनाउने भन्ने कुरा हो । प्रक्रिया चलिरहेको छ ।’ उनले भने, ‘छलफलबाट भएन भने एउटै बनाउने कि दर्ता खारेज गरिदिने भन्ने कुरा हो ।’

‘संघलाई मिलाएर लैजाने दिशामा अघि बढिरहेका छौ । मिलेन भने खारेजीको बिषयमा विचार गछौ ।’ उनले भने ।

समान प्रकृतिका एक भन्दा बढी खेलकुद संघ राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा दर्ता हुदाँ राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताका दौरान सहभागिताको बिषयलाई लिएर सधै विवाद हुने गरेको छ ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय मान्यताका आधारमा खेलकुद संघ राखेपमा दर्ता हुदाँ घरेलु खेलकुदमा सधै विवाद देखिने गरेको तितो यथार्थ खेलाडीले भोग्दै आएका छन् ।

संघको वैधानिकताको लडाँईमा सम्बन्धित संघका पदाधिकारी उत्रदा त्यसको प्रत्यक्ष असर खेलाडीको प्रर्दशन र नतिजामा देखिदै आएको थियो ।

संघको विवादकै कारण तेक्वान्दो र कराँते जस्ता खेलको पावर हाउस मानिने नेपालको प्रर्दशन र नतिजा पछिल्लो समय अन्तराष्ट्रिय जगतमा खस्किदो छ ।

अन्तराष्ट्रिय जगतमा खस्किदो नेपालको प्रर्दशनलाई लिएर सरकारले विभिन्न समिति गठन गरेर अनुसन्धान समेत गरेको छ ।

छानबिन समितिले मुख्य रुपमा संघहरुको विवादका कारण अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको प्रर्दशन कमजोर रहेको निष्कर्श समेत निकालेका थिए ।

युवा तथा खेलकुद मन्त्रालयले प्राप्त प्रतिवेदनका आधारमा खेलकुद गतिविधिलाई निर्वाद रुपमा अघि बढाउन संघहरुको विवाद समाधानका लागि तत्कालिन समयमा उपाध्यक्ष पिताम्बर तिम्सिनाको नेतृत्वमा समिति समेत गठन गरेको थियो ।

समितिले मुख्य राष्ट्रिय खेलकुद संघको विवादलाई केन्द्रमा राखेर समाधानको पहल समेत अघि बढाएको थियो ।

तिम्सिना नेतृत्वको विवाद समस्या समाधान समितिले जिम्न्याष्टिक, कराँते, कुस्ती र मोर्डन पेन्टाथलन फेडरेशनको विवाद समाधान गर्दै तदर्थ कमिटि गठन गर्न सफल भएको थियो ।

तर मुख्य विवाद रहेका तेक्वान्दो, फुटसल, पारा खेलकुद, विश्व विद्यालय खेलकुद, बडिविल्डिङ जस्ता संघहरुको विवाद अझै मिल्न सकेको छैन ।

राखेपका पूर्व उपाध्यक्ष समेत रहेका एनओसीका सह–महासचिव तिम्सिनाले राजनीतिक दाउपेचका कारण मुख्य संघको विवाद मिल्न नसकेको बताउँछन् ।

‘संघहरुको विवाद बल्झाउन राजनीतिक टाउकेहरुले काम गरेको छ । व्यवसायीक रुपमा भन्दा दाउपेचमा पदाधिकारी संलग्न हुदाँ विवाद समाधानमा कठिनाई देखिएको हो ।’ उनले खेलपाटीसंग भने ।

‘छिटपुट बाहेक खेलकुद संघमा धेरै राजनीतिक पृष्ठभूमीका व्यक्ति छन् । मनी, मसल्स र माइन्ड गेम कम गरेको खण्डमा संघहरु बीचको विवाद सहजै समाधान हुन्छ ।’ उनले भने ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
दशौं राष्ट्रिय खेलकुदको ११ उपसमिति गठन
दशौं राष्ट्रिय खेलकुदको ११ उपसमिति गठन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालले खायो तेस्रो गोल
नेपालले खायो तेस्रो गोल
हाउन्ड्सको लगातार तेस्रो जित
हाउन्ड्सको लगातार तेस्रो जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP