नाडाल अन्तिम १६ मा
शनिबार, असोज १७, २०७७खेलपाटी संवाददाता

एजेन्सी । स्पेनिस राफायल नाडाल फ्रेन्च ओपन टेनिसको अन्तिम १६ मा प्रवेश गरेका छन् ।
पेरिसमा शुक्रबार राति भएको खेलमा इटालीका स्टेफानो ट्राभागलियालाई पराजित गर्दै नाडाल अन्तिम १६ मा पुगेका हुन् ।
साविक विजेता समेत रहेका नाडालले स्टेफानोलाई ६-१,६-४ र ६-० को सोझो सेटमा पराजित गरे ।
१२ पटकको च्याम्पियन नाडालले अब अमेरिकी खेलाडी सेबास्टियन कोर्डासँग खेल्ने छन् ।
स्विस खेलाडी स्टान वावरिन्का भने तेस्रो चरणबाट बाहिरिएका छन् ।
वावरिन्का फ्रान्सका ह्युगो गास्टनसँग ६-३, ३-६, ३-६, ६-४ र ०-६ को सेटमा पराजित भए ।
महिलातर्फ किकी बेर्टेन्स र एलिस मेर्टेन्स चौंथो चरणमा स्थान बनाएकी छिन् ।






1686853912-1760864621059.avif&w=3840&q=75)



-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


