सिताको ब्याटिङ वरीयतामा सुधार
बिहिबार, १५ आश्विन २०७७खेलपाटी संवाददाता
काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को महिला टी-ट्वान्टी ब्याटिङ वरीयतामा नेपालकी उपकप्तान सिता राना मगरको वरीयता सुधार भएको छ ।
आईसीसीले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा सिताको ब्याटिङ वरीयता तीन स्थान सुधार भएको हो ।
नयाँ वरीयतामा सिता ८५ औं स्थानमा रहेकी छिन् । सिता अघिल्लो वरीयतामा ८८ औं स्थानमा रहेकी थिइन् ।
सिता वरीयतामा पर्ने एक्लो नेपाली महिला खेलाडी हुन् ।
यस अघि पूर्व कप्तान नेरी थापा बलिङतर्फको शीर्ष सय भित्र पर्दै आएकी थिइन् । तर, यस पटक उनी शीर्ष सयमा पर्न असफल भएकी छिन् ।
महिला टी-ट्वान्टी वरीयतामा नेपाल १४ औं स्थानमा रहेको छ ।
नेपालले घरेलु भूमिमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) पछि कुनै अन्तराष्ट्रिय खेल खेलेको छैन ।







-1766305902285.jpeg&w=3840&q=75)

-1766372861061.webp&w=3840&q=75)
-1766372552050.webp&w=3840&q=75)
-1766367982945.webp&w=3840&q=75)

-1766318481555.jpeg&w=3840&q=75)
