एभर्टनको जादु कायमै

एजेन्सी । एभर्टनले कारबाओ कपको चौथो चरणको खेलमा वेस्ट ह्याम युनाइटेडलाई हराएको छ ।
डोमिनिक कल्भर्ट लेविनको ह्याट्रिकको सहयोगमा एभर्टनले वेस्ट ह्याममाथि ४–१ को जित आत्मसाथ गरेको हो ।
जितसंगै एभर्टनले क्वार्टरफाईनलमा स्थान सुरक्षित गरेको छ ।
माइकल केनको पासमा लेविनले घरेलु टोली एभर्टनलाई ११ औं मिनेटमा सुरुवाती अग्रता दिलाएका थिए ।
इङ्ल्याण्डका फरवार्डले खेलको अन्तिम समयमा ६ मिनेटको अन्तरमा दुई गोल गरेका थिए ।
त्यसअघि जेम्स रोड्रिग्वेजको पासलाई सदुपयोग गर्दै रिचर्डलिसनले एभर्टनको अग्रतालाई दोब्बर बनाएका थिए ।
वेस्ट ह्यामका लागि फिलिप एन्डरसनले एक गोल फर्काएका थिए ।
लिविनले यस सिजन एभर्टनका लागि दोस्रो ह्याट्रिक पुरा गरेका छन् । क्लबले लगातार ६ खेलमा जित आत्मसाथ गरेको छ ।
शनिबार हुने खेलमा ब्राइटनबिरुद्ध जित निकालेको खण्डमा सन् १८९४ पछि एभर्टनले सिजनको सफल सुरुवात गर्नेछ ।