भिनिसियसको गोलमा रियलको जित
२०२० अक्टोबर १, बिहिबारखेलपाटी संवाददाता

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित आत्मसाथ गरेको छ ।
बुधबार राति भएको खेलमा रियलले रियल भालाडोलिडलाई १–० ले हराएको हो ।
रियलको जितमा भिनिसियस जुनियरले विजयी गोल गरे ।
रियलले नयाँ सिजनमा आफ्नो अपराजित यात्रालाई कायम राखेको छ ।
जिनेदिन जिदानले लिगको सुरुवाती दुई खेलमा ४ अंक बटुलेका थिए ।
भालाडोलिडका गोलकिपर रोबर्टोले फेडरिको भाल्भर्डे र लुका जोभिकको उत्कृष्ट प्रहारलाई बचाउ गर्दै रियललाई निराश बनाएका थिए ।
तर दोस्रो हाफमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका जुनियरले गोल गर्न सफल रहे ।
योसंगै शीर्ष स्थानमा रहेका गेटाफे, भिया रियल र भ्यालेन्सियलाले ७ अंक जोडेका छन् ।