नाडाल फ्रेन्च ओपनको दोस्रो चरणमा
मंगलबार, असोज १३, २०७७खेलपाटी संवाददाता

एजेन्सी । साविक विजेता राफायल नाडाल फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् ।
फ्रान्सको पेरिसमा सोमबार राति भएको पहिलो खेलमा बेलारुसको इगोर गेरासिमोभलाई पराजित गर्दै नाडालले दोस्रो चरणको यात्रा तय गरेका हुन् ।
१२ पटकको च्याम्पियन नाडालले इगोरमाथि ६-४,६-४ र ६-२ को सोझो सेटमा पराजित गरे ।
३४ वर्षीय नाडालले इगोरमाथि जित निकाल्न २ घण्टा ५ मिनेटको समय निकाले ।
क्ले कोर्टका बादसाह मानिने नाडालले अब अमेरिकी खेलाडी म्याकडोनाल्डसँग खेल्नेछन् ।
युएस ओपन च्याम्पियन डोमिनिक थिएमले पनि दोस्रो चरणमा स्थान पक्का गरेका छन् ।
डोमिनिकले मारिन सिलिकलाई ६-४,६-३ र ६-३ को सेटमा पराजित गरे ।
चौंथो वरीयताका रसियन खेलाडी डानिल मेदभेदेब भने प्रतियोगिताबाट बाहिरिएका छन् ।






1686853912-1760864621059.avif&w=3840&q=75)



-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


