• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
बजेट अभावले अन्योलमा पोखरा क्रिकेट मैदान
बिक्रम बुढा क्षेत्री
मंगलबार, असोज १३, २०७७ बिक्रम बुढा क्षेत्री
बजेट अभावले अन्योलमा पोखरा क्रिकेट मैदान

पोखरा । आर्थिक वर्ष २०७५÷७६ मा केन्द्र सरकार र गण्डकी प्रदेश सरकारबाट पोखरा अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि कुल ४ करोड बजेट बजेट छुट्टिएको थियो ।

सो अनुरुप मैदानमा प्यारापिट जडान, पिचको स्तरोन्नती, फेन्सिङका काम हुनु पर्थ्यो । तर, कामका लागि प्रक्रिया ढिला थालियो । चैतमा आएर टेन्डर आह्वान गरियो ।

कोरोना महामारीका कारण लकडाउन सुरु भएकाले टेन्डर नपरेको सम्बन्धित निकायले बताउने गरेको छ । तापनि ढिला गरी मागिएको टेन्डरका कारण बजेट फ्रिज भयो ।

कोरोना महामारीका कारण उत्पन्न आर्थिक संकट र अघिल्लो आर्थिक वर्षमा मैदानका काम नभएपछि यस आर्थिक वर्षमा केन्द्र सरकारले मैदानलाई केबल २५ लाख बजेटमात्र विनियोजन गर्यो । प्रदेशबाट कुनै बजेट आएन ।

तर, केन्द्र सरकारले बिनियोजन गरेको २५ लाख बजेट केमा खर्च गर्ने भन्नेबारे जिल्ला क्रिकेट संघ कास्की नै अन्योलमा छ । अघिल्लो वर्ष नै हुनु पर्ने काम तार जाली लगाउँदा नै करिब ३० लाख बजेट लाग्ने र अन्य काममा बजेट अपुग हुने भएपछि संघमा अन्योलता छाएको हो ।

‘फेन्सिङको काम नै ३० लाख लाग्छ, यो बजेटले के गर्ने हामी नै दोधारमा छौँ,’ संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले भने ।

अहिले अन्य निकायबाट पैसा मागेरै भएपनि फेन्सिङको काम गर्नेमा भने उनी आशावादी देखिन्छन् ।

सरकारका ३ तहबीच समन्वय नहुँदा मैदानमा अहिले बजेट पर्याप्त नपरेको सिग्देल बताउँछन् । उनले अझैपनि १३ औँ दक्षिण एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा खर्च भएको ४८ लाखमध्ये २८ लाखको भुक्तानी नपाएको दाबी गर्छन् । यसकारण साग दौरान खरिद उपकरण फिर्ता गर्न चाहेको उनले बताए ।

पोखरा क्रिकेट मैदानका लागि नेपाल क्रिकेट संघ (क्यान) ले एक क्युरेटर पठाएको छ । स्टोरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मान्छे खटाएको छ । उनीहरुले मैदानको संरक्षणमा काम गर्दैनन् । अहिले ती मानिस तत्काल हटाउन जिल्ला संघले राखेपलाई पत्राचार गरेको छ ।

‘अहिलेसम्म सागको भुक्तानी पाएनौँ, सामान फिर्ता गर्ने मनसाय बनाएका छौँ । स्टोरमा पनि राखेपले मानिस राखिदिएपछि सामान अलपत्र परे,’ सिग्देलले सुनाए,‘क्युरेटरले अफिस नपाएपछि उनीहरुलाई हटाउन पत्राचार गरेका छौँ ।’

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
बहराइनमाथि नेपालको सानदार जित
बहराइनमाथि नेपालको सानदार जित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
देवीगञ्ज फाइनलमा
देवीगञ्ज फाइनलमा
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
चेल्सीको ऐतिहासिक कीर्तिमान
चेल्सीको ऐतिहासिक कीर्तिमान
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP