• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
पशुपतिघाट क्रिकेट रंगशालाको डीपीआर तयार
बिक्रम बुढा क्षेत्री
सोमबार, असोज १२, २०७७ बिक्रम बुढा क्षेत्री
पशुपतिघाट क्रिकेट रंगशालाको डीपीआर तयार

पोखरा । पशुपतिघाट पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ ।

पोखरा महानगरपालिका-३३ स्थित पशुपतिघाटमा गण्डकी प्रदेश सरकारले निर्माण गर्ने रंगशालाको बिआरएस इन्जिनियरिङ सोलुसनले डीपीआर तयार गरेको हो ।

बिआरएसले तयार गरेको डीपीआर अनुसार रंगशालाको निर्माण लागत १ अर्ब ६३ करोड ६३ लाख रुपैयाँ लाग्नेछ ।

डीपीआर का लागि प्रदेशले वैशाखमा बिआरएसलाई चयन गरेको थियो । बिआरएसले प्रारम्भिक डीपीआर असारमा बुझाएको थियो ।

प्रारम्भिक डीपीआर अनुसार रंगशाला निर्माणमा १ अर्ब १९ लाख खर्च लाग्ने अनुमान गरिएको थियो । तर, प्रदेशले रंगशालाको सुविधा थपेर अत्याधुनिक बनाउने भनेपछि १ करोड ६३ करोड बराबरको खर्च लाग्ने गरी नयाँ डीपीआर बनेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता एवं युवा तथा खेलकुद महाशाखाका उपसचिव तेजप्रसाद काफ्लेले बताए ।

पशुपतिघाटको १७४ रोपनी जग्गा रंगशाला बनाउन सरकारले भोगाधिकार प्रदेशलाई स्वीकृति दिएपछि रंगशाला निर्माणको प्रक्रिया थालिएको हो। डीपीआर अनुसार सेती नदीको किनारमा रहेको मैदानका लागि १२३ रोपनी जग्गामात्र आवश्यक छ ।

सेती नदीले पहिलेका वर्षमा पूर्वतर्फ कटान गर्ने गर्थ्यो । सोही अनुरुप पश्चिममा रंगशाला निर्माण गर्ने सोच प्रदेश सरकारको थियो । तर, यस वर्षको लगातारको वर्षाले पश्चिममा पनि कटान गरेपछि बिआरएसले जग्गा संरक्षणका लागि पनि डीपीआर बनाउने जनाएको छ ।

बिआरएसका इन्जिनियर विशाल पुनमगरले पश्चिममा कटान गरेकाले आउँदा वर्षमा पनि रंगशालाका संरचनातर्फ कटान गर्न सक्ने भएकाले डिपिआर बनाइने बताए ।

‘पिच बनाउने काम सकेपछि कटान गर्दा हुन सक्ने क्षतिलाई हेर्दै जग्गा संरक्षणका लागि डीपीआर बनाउँदै छौ,’ पुनले भने ।

यसका लागि भौतिक तथा पूर्वाधार मन्त्रालयका प्राविधिकसँग छलफल भइरहेको उनले बताए । अबको एक महिनामा नदी र त्यहाँका अन्य प्राकृतिक स्रोतबारे अध्ययन सकाउने पुनले बताए ।

निर्माण सुरु गर्नुअघि वातावरणीय प्रभाव मूल्याकंन गरिने मन्त्रालयका प्रवक्ता तेजप्रसाद काफ्लेले जनाए । वातावरण संरक्षण ऐन २०७७ को प्रावधान अनुसार कुनैपनि मैदान तथा मानिस धेरै जम्मा भइरहने ठाउँमा वातावरणीय प्रभाव मूल्याकंन आवश्यक पर्छ ।

डीपीआर अनुसार रंगशालाभित्र अभ्यास नेट्स, पेभेलियन, मिडिया बक्स, डिस्प्ले बोर्ड, पार्किङ तथा अन्य संरचना बनाइनेछन् । रंगशाला निर्माणको पहिलो चरणमा कंक्रिट डिफेन्स वाल लगाइने काफ्लेले बताए ।

आर्थिक वर्ष २०७६÷७७ का लागि प्रदेश सरकारले रंगशाला निर्माणका लागि २ करोड रुपैयाँ विनियोजन गरेको छ । कुल अनुमानित खर्चको १।२३ प्रतिशत रहेको बजेटले यस वर्षमा जग्गा संरक्षणको मात्र काम हुन सक्छ । तर मन्त्रालयका प्रवक्ता काफ्ले भने आगामी वर्ष मुख्यमन्त्री कार्यालयले बजेट बढाउने आश्वासन दिएकाले बजेट बढ्नेमा आशा देखाउँछन् ।

उनका अनुसार अबको २ वर्षमा मैदान खेल्न तयार हुनेछ र बाँकी संरचना निर्माणका काम क्रमानुसार बढ्नेछ । दोस्रो चरणमा लेबलिङको काम हुनेछ । बिआरएस इन्जिनियरिङका इन्जिनियर विशाल पुन पर्याप्त बजेट पाए ३२ महिनामा काम सक्ने जनाउँछन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
उपाधि रक्षातिर नेपाल
उपाधि रक्षातिर नेपाल
मलेसियासँग नेपालले टस जित्यो
मलेसियासँग नेपालले टस जित्यो
इङ्ल्यान्डविरुद्ध गिलको शतक
इङ्ल्यान्डविरुद्ध गिलको शतक
सिटी इन्डोर क्रिकेट च्याम्पियनसिप असार अन्तिम साता
सिटी इन्डोर क्रिकेट च्याम्पियनसिप असार अन्तिम साता
आसिफले जनकपुरबाटै खेल्ने
आसिफले जनकपुरबाटै खेल्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
१ करोड बजेट, १ लाख रूपैयाँ पुरस्कार !
१ करोड बजेट, १ लाख रूपैयाँ पुरस्कार !
रहेनन् जोटा
रहेनन् जोटा
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
एएफसी महिला च्याम्पियन्स लिग : समूह ‘बी’ मा एपिएफ
एएफसी महिला च्याम्पियन्स लिग : समूह ‘बी’ मा एपिएफ
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP