बंगलादेशको श्रीलंका भ्रमण स्थगित
सोमबार, १२ आश्विन २०७७खेलपाटी संवाददाता
एजेन्सी । बंगलादेश क्रिकेट टिमको श्रीलंका भ्रमण स्थगित भएको छ ।
बंगलादेश क्रिकेट बोर्डले श्रीलंका भ्रमण स्थगित भएको पुस्टि गरेको छ ।
बोर्डका अध्यक्ष नाजमुल हसनले भ्रमण स्थगित भएको जनाएका छन् ।
अध्यक्ष हसनले नयाँ तालिका बनाएर श्रीलंका भ्रमण गरिने समेत बताएका छन् ।
यस अघि बंगलादेशले अक्टोबरको अन्तिमबाट श्रीलंकाको भ्रमण गर्ने तालिका रहेको थियो ।
बंगलादेश र श्रीलंकाबीच तीन खेलको टेस्ट सिरिज हुने तालिका रहेको थियो ।
यस अघि पहिलो खेल अक्टोबर २४ बाट सुरु हुने तालिका रहेको थियो ।












-1770375849820.jpg&w=3840&q=75)


