तेक्वान्दो संघका दुई जनामा कोरोना
आइतबार, असोज ११, २०७७खेलपाटी संवाददाता

काठमाडौं । नेपाल तेक्वान्दो संघको सचिवालयमा कार्यरत दुई जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।
संघले आइतबार एक सूचना निकाल्दै सातदोबाटोस्थित केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण भएको जनाएको छ ।
संघले संक्रमित कर्मचारीको नाम भने गोप्य राखेको छ ।
उपत्यकाका तीन जिल्लामा लगाईएको निषेधाज्ञाको समयमा उनीहरु संक्रमित भएको संघले जनाएको छ । त्यस समय उनीहरु कार्यालयमा अनुपस्थित भएको समेत संघले जनाएको छ ।
दुई कर्मचारीलाई कोरोना देखिएपछि संघले सचिवालय समेत दुई साताको लागि बन्द गरेको छ ।
संघले सचिवालय असोज २५ गतेसम्म बन्द रहने जनाएको छ ।
खेलाडी, पदाधिकारी, अन्य कर्मचारी र सेवाग्राहीको स्वास्थ्यलाई ध्यानमा राख्दै सचिवालय बन्द गरिएको संघको अन्तरिक व्यवस्थापन शाखाले जनाएको छ ।











-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


