एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेसले विजयी सुरुवात गरेका छन् ।
नयाँ सिजनको पहिलो खेलमा क्रिस्टलले शनिबार साउथह्याम्पटनलाई १-० ले पराजित गर्दै सुखद सुरुवात गरेको हो ।
घरेलु मैदानमा क्रिस्टललाई जित दिलाउन विल्फ्रिड जाहाले निर्णायक गोल गरे ।
साउथह्याम्पटनविरुद्ध जाहाले १३ औं मिनेटमा गोल गरेका थिए । टाउनसेन्डको पासमा जाहाले गोल गरेका थिए ।
यस्तै खेलको ८२ औं मिनेटमा जाहाले दोस्रो गोल गरेपनि गोलको मान्यता पाएन् ।
भीएआरको सहायताबाट जाहाको गोललाई रेफ्री अफसाइड दिएको थियो ।

यता, बल पोजिसनमा पकड जमाएपनि साउथह्याम्पटन गोल गर्न चुकेको थियो । साउथह्याम्पटनको एक दर्जन आक्रमण क्रिस्टलका गोलकिपर र डिफेन्सले विफल बनाईदिएको थियो ।
जितसँगै क्रिस्टलले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । क्रिस्टल लिगको दोस्रो स्थानमा समेत उक्लिएको छ ।
साउथह्याम्पटनले भने हारबाट सिजनको सुरुवात गरेको छ ।
