एन्फा चुनावको मिति अस्वीकृत, तहगत निर्वाचनको निर्देशन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपले अखिल नेपाल फुटबल संघ एन्फाले यसै वर्ष घोषणा गरेको माघ २८ गतेको निर्वाचनलाई स्वीकृति दिन अस्विकार गरेको छ ।
निर्वाचनको स्वीकृति माग गर्दै एन्फाले दिएको निवेदनमा परिषद्ले संघको विधान संशोधन गर्दै तहगत निर्वाचन गर्न निर्देशन दिएको हो ।
परिषद्को निर्देशनसँगै पुराना मतदाता लिएर नेतृत्वमा अनुमोदन हुने अध्यक्ष पंकजबिक्रम नेम्वाङको प्रयासमा झट्का लागेको छ ।
‘एन्फाको विधान पुरानै संरचना अनुसार थियो । खेलकुद ऐन र नियमावली अनुसार थिएन ।’ परिषद्का संघ संस्था समन्वय शाखा प्रमुख चन्द्रकुमार राईले खेलपाटीसँग भने, ‘हामीले ऐन, नियमावली अनुसार विधान पनि संशोधन गर्न र सोही अनुसार तहगत निर्वाचन गर्न भनेका छौं ।’
एन्फाको कार्यसमितिले काम गर्न सकिएको कारण देखाउँदै २०८२ साल माघ २८ गते झापामा निर्वाचन गर्ने निर्णय गरेको थियो । एन्फाले संघ अन्तर्गतका जिल्ला र क्लब स्वयक्त हुने भन्दै सिधै प्रतिनिधिको नामावली माग गरेर निर्वाचन गराउने तयारी गरेको थियो ।
एन्फाको निर्णयविरुद्ध असन्तुष्ट पक्षले परिषद्बाट उजुरी दिदै तहगत निर्वाचनबाट केन्द्रिय निर्वाचन हुनपर्ने माग गरेका थिए ।
परिषद्ले खेलकुद ऐन र नियमावली अनुसार एन्फाको विधानलाई संशोधन गर्न र तहगत निर्वाचन गर्न आवश्यक निर्देशन दिएको हो ।














