ओसाका यूएस ओपनको फाइनलमा
शुक्रबार, २६ भाद्र २०७७खेलपाटी संवाददाता

एजेन्सी । नाओमी ओकासाका यूएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छिन् ।
दुई पटककी ग्रान्डस्लाम विजेता ओकासाले महिला स्पर्धाको फाइनलमा स्थान सुरक्षित गरेकी हुन् ।
उनले अमेरिकी खेलाडी जेनिफर ब्रेडीलाई ७–६ (७–१), ३–६, ६–३ को सेट मा पराजित गरिन ।
ओसाकाले सन् २०१८ को उपाधि समेत जितेकी थिईन् ।
२२ बर्षकी ओसाकाले सेरेना विलियम्स र भिक्टोरिया अजारेन्कासंग उपाधिका लागि शनिबार प्रतिस्पर्धा गर्नेछिन् ।
पुराना चिरप्रतिद्धन्दी सेरेना र भिक्टोरिया यूएस ओपन टेनिसको सेमिफाइनलमा भिडेका छन् ।











-1770487281088.png&w=3840&q=75)


