एसियन गेम्स भलिबल : किर्गिस्तानले नखेल्दा नेपाललाई १५ औं वरीयता
शुक्रबार, १५ भाद्र २०७५खेलपाटी संवाददाता

काठमाडौं । इन्डोनेसियामा जारी एसियन गेम्स अन्तर्गत पुरुष भलिबलमा किर्गिस्तानविरुद्ध नेपाललाई विजेता घोषणा गरिएको छ ।
शुक्रबार तय भएको वरीयता भिडन्तमा किर्गिस्तानले सहभागिता नजनाएपछि नेपाललाई विजेता घोषणा गरिएको हो । १५ र १६ औं वरीयताको लागि तय भएको खेलमा किर्गिस्तान प्रतिस्पर्धा गर्न नआएका हुन् ।
जाकार्ताको बुलुगन इन्डोर हलमा तय भएको खेलमा किर्गिस्तानले उपस्थिति नजनाएपछि नेपाल ३ – ० को सेटमा विजयी भएको हो । र, नेपाललाई प्रतियोगितामा १५ औं वरीयता समेत प्राप्त भएको छ । एसियन गेम्समा २० टोलीले सहभागिता जनाएका थिए ।
यसअघि नेपाल १३ औं वरीयताको लागि भएको खेलमा श्रीलंकासंग पराजित भएको थियो । समूह चरणबाटै बाहिरिएको नेपालले पहिलो जितको रुपमा मंगोलियालाई हराएको थियो ।









%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)



