आइतबार, १३ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

भलिबल संघको नयाँ नेतृत्वमा निराेज मास्केको दाबी

बुधबार, १७ भाद्र २०७७खेलपाटी संवाददाता
भलिबल संघको नयाँ नेतृत्वमा निराेज मास्केको दाबी
Classic Tech Internet Ad

काठमाडौं । नेपाल भलिबल संघको आसन्न निर्वाचनमा निरोज मास्केले नयाँ नेतृत्वका लागि उम्मेदवारी दिने भएकी छिन् ।

संघको वर्तमान उपाध्यक्ष रहेकी मास्केले आसन्न साधारण सभामा नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने बताएकी हुन् ।

‘लामो समयको भलिबलको अनुभव र जिल्लाका साथीहरुको सुझावका आधारमा संघको आगामी नेतृत्वका लागि उम्मेदवारी दिने निर्णय लिएकोे छु ।’ मास्केले खेलपाटीसंग भनिन् ।

संघको वर्तमान कार्यसमितिको चार बर्षे कार्यकाल गत जेठ १ गते सकिएको थियो । कोरोना महामारीका कारण सम्पूर्ण खेलकुद गतिविधि बन्द रहदाँ संघले चुनावी साधारण सभाको मिति तय गरेको छैन ।

राष्ट्रिय खेलकुद विकास ऐन कार्यान्वयनमा आएसंगै नयाँ नियम अनुसार संघहरुको साधारण सभा गराउने राखेपको तयारी छ । संघको साधारण सभाको औपचारिक घोषणा नभएपनि भलिबल संघको नयाँ कार्यसमितिका लागि आन्तरिक गृहकार्य सुरु भैसकेको छ ।

भलिबललाई अहिलेको अवस्थासम्म ल्याई पुर्याउन वर्तमान र विगतका नेतृत्वको ठुलो योगदान गरेको उल्लेख गर्दै उपाध्यक्ष मास्केले राष्ट्रिय खेललाई नयाँ उचाईमा लैजान आफुले अध्यक्षमा उम्मेदवारी दिन लागेको बताईन् ।

‘विगतको नेतृत्वको ठुलो मेहनतले भलिबल आजको दिनसम्म आईपुगेको छ । अब हामीले ग्रासरुटबाट भलिबलको विकास गर्दै व्यवसायीक रुपमा फड्को मार्न आवश्यक छ ।’ उनले भनिन् ।

केन्द्रिय सदस्यको रुपमा भलिबल संघमा प्रवेश गरेकी मास्केले महिला कमिसनको संयोजकको रुपमा गरेको काम उदाहरणीय मानिन्छ । उनले संघको कोषाध्यक्ष र उपाध्यक्षको हैसियतमा समेत काम गरेकी छिन् ।

महिला कमिसनको संयोजकको रुपमा उनले आफ्नै ब्यक्तिगत खर्चमा चितवनको सौराहमा पहिलो पटक राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिता सञ्चालन गरेकी थिईन् । मास्के नेतृत्वको कमिसनले संघभित्र खेलाडी तथा प्रशिक्षकलाई सम्मान गर्ने कामको समेत थालनी गरेको थियो ।

मास्के कोषाध्यक्ष रहँदा नेपाल भलिबल संघलाई सरकारले बर्षको उत्कृष्ट खेलकुद संघको रुपमा पुरस्कृत समेत गरेको थियो । संघको हिसाब किताव चुस्त दुरुस्त राखेको भन्दै सरकारले भलिबल संघलाई बर्षको उत्कृष्ट संघबाट सम्मानित गर्दै १ लाख रुपैयाँ प्रदान गरेको थियो ।

‘कोषाध्यक्षको रुपमा संघको आर्थिक गतिविधिलाई चुस्त दुरुस्त राख्ने काम गरेका थियौ । संघलाई पहिलो पटक प्यानमा दर्ता गरेर आर्थिक रुपमा ब्यवस्थित र पारदर्शी बनाउने कामको सुरुवात गरेका थियौ ।’ उनले भनिन् ।

मास्केले भलिबल संघको केन्द्रिय तहमा बसेर हासिल गरेको झण्डै डेढ दशकको अनुभवलाई नेतृत्वको हिसाबले भलिबल खेलको विकासमा लगाउने ईच्छा राखेको बताईन् ।

‘संघमा बिताएको झण्डै १२ बर्षको अनुभवलाई भलिबल विकासमा लगाउन चाहेको छु । त्यही कारण आगामी निर्वाचनमा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेकी हुँ ।’ उनले भनिन् ।

उनले राष्ट्रिय खेलको मान्यता पाएको भलिबललाई ग्रासरुटबाट विकास गर्दै व्यवसायीक खेलको रुपमा विकास गर्ने आफ्नो उद्धेश्य रहेको सुनाईन् ।

‘भलिबलको ब्यवसायीकताको बिषयमा हामीले धेरै छलफल गरेका छौ । अब यसलाई लागू गर्ने समय आएको छ । मेरो नेतृत्वमा भलिबल खेललाई पूर्ण ब्यवसायीक रुपमा विकास गर्ने लक्ष्य लिएको छु ।’ उनले भनिन् ।

मास्केले सञ्जय स्मृति प्रतिष्ठान गठन गरेर खेलकुद तथा सामाजिक कार्यमा उत्तिकै सक्रिय छिन् । प्रतिष्ठानले भलिबल खेलमा योगदान गर्ने दुई जना भलिबल खेलाडीलाई हरेक बर्ष ‘सञ्जय स्मृति प्रतिष्ठान सम्मान’बाट नगद सहित पुरस्कृत गर्दै आएको छ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आर्मी र हेल्प नेपाल लगातार दोस्रो जितको खोजिमा

आर्मी र हेल्प नेपाल लगातार दोस्रो जितको खोजिमा

पाकिस्तानी खेलाडीसम्मिलित रुकुम पश्चिमको रवाफिलो जित

पाकिस्तानी खेलाडीसम्मिलित रुकुम पश्चिमको रवाफिलो जित

कोशीले आर्मीलाई सकेन

कोशीले आर्मीलाई सकेन

Bajaj Pulsar Motorcycle Ad
आर्मी र हेल्प नेपाल लगातार दोस्रो जितको खोजिमा

आर्मी र हेल्प नेपाल लगातार दोस्रो जितको खोजिमा

सिटीलाई उछिन्दै आर्सनल पुन: शीर्षस्थानमा फर्कियो

सिटीलाई उछिन्दै आर्सनल पुन: शीर्षस्थानमा फर्कियो

नासरको जितमा रोनाल्डोको २ गोल

नासरको जितमा रोनाल्डोको २ गोल

लिग उपाधि दौडलाई मजबुत बनाउँदै सिटी

लिग उपाधि दौडलाई मजबुत बनाउँदै सिटी

बीपीएलमा सन्दीपको टोलीको पहिलो हार

बीपीएलमा सन्दीपको टोलीको पहिलो हार

रग्बी संघको वार्षिकोत्सवमा झन्डै डेढ करोडको बजेट पारित

रग्बी संघको वार्षिकोत्सवमा झन्डै डेढ करोडको बजेट पारित

एपीएफको जितमा समीरको ह्याट्रिक

एपीएफको जितमा समीरको ह्याट्रिक

पाकिस्तानी खेलाडीसम्मिलित रुकुम पश्चिमको रवाफिलो जित

पाकिस्तानी खेलाडीसम्मिलित रुकुम पश्चिमको रवाफिलो जित