एजेन्सी । म्यान्चेष्टर युनाईटेड अजाक्सका मिडफिल्डर डोनी भान डी विक अनुबन्धनको नजिक देखिएको छ ।
२३ बर्षिया डच खेलाडी भान डी विकलाई शनिबार फ्रान्कफुर्टबिरुद्ध हुने मैत्रीपूर्ण खेलमा बाहिर राखिएको थियो ।
प्रशिक्षक इरिक टेन हगले विकसित पछिल्लो अवस्थालाई हेरेर उनलाई टिम बाहिर राखिएको बताएका छन् ।
भान डी विकले नेदरल्याण्डको राष्ट्रिय टिमबाट १० अन्तराष्ट्रिय म्याच खेलेका छन् । सन् २०१८–१९ को सिजनमा अजाक्स च्याम्पियन्स लिगको सेमिफाइनल पुग्दा उनी टिमका महत्वपूर्ण हिस्सा थिए ।
आले गुनर सोल्सायरले अहिलेसम्म अनुबन्धन प्रक्रियालाई टुङ्गोमा पुर्याएका छैनन् । उनले डच मिडफिल्डरका लागि बार्सिलोनासंग प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ ।
बार्सिलोना भान डी विक अनुबन्धनमा निकै जोड गरिरहेको छ । गत सिजन उसले भान डी विकका सहकर्मी फ्रेन्की डी जोङलाई क्लबमा अनुबन्धन गरेको थियो ।
म्यान्चेष्टर युनाईटेडले सेप्टेम्बर १९ मा क्रिस्टल प्यालेसबिरुद्ध खेल्दै प्रिमियर लिगको सुरुवात गर्दैछ ।