एजेन्सी । प्रि-सिजन तयारी अन्तर्गतको मैत्रीपूर्ण खेलमा चेल्सी बराबरीमा रोकिएको छ ।
शनिबार राति भएको मैत्रीपूर्ण खेलमा चेल्सी ब्राइटनसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
एमेक्स स्टेडियममा सुरुवाती गोलको अग्रता जोगाउन नसक्दा चेल्सीले बराबरी खेलेको हो ।
खेलको चौंथो मिनेटमा टिमो वेर्नरको गोलबाट चेल्सीले अग्रता बनाएको थियो । वेर्नर यसै सिजन जर्मन क्लब आरबी लाइपजिगबाट चेल्सी आएका हुन् । उनी डेब्यु खेलमै गाेल गर्न सफल भएका हुन् ।
तर, ९० औं मिनेटमा पास्कल ग्रोसले पेनाल्टीमा गोल गर्दै ब्राइटनलाई हारबाट जोगाए ।
मैत्रीपूर्ण खेलमै टोटेनहमले बर्मिघम सिटीलाई पराजित गरेको छ ।
टोटेनहमको जितमा स्टेभेन बेर्जविज्नले निर्णायक गोल गरे ।