एजेन्सी । सन् २०२७ को एएफसी एसिया कप फुटबल आयोजनाका लागि पाँच राष्ट्रले दाबी गरेका छन् ।
एसियन फुटबल फेडेरेसन (एएफसी) ले शनिबार एसिया कप आयोजनाका लागि पाँच राष्ट्रले दाबी गरेको जनाएको छ ।
एएफसीले भारत, इरान, कतार, साउदी अरेबिया र उज्वेकिस्तानले दाबी गरेको जनाएको छ ।
एएफसीले १९ औं संस्करणको एसिया कप आयोजकको घोषणा २०२१ मा गर्ने जनाएको छ ।
त्यसअघि सन् २०२३ को एसिया कप चीनमा आयोजना हुनेछ ।
चीनमा आयोजना हुने एसिया कपका लागि नेपालले समेत छनोटमा प्रतिस्पर्धा गरिरहेको छ ।