एजेन्सी । प्रिमियर लिग क्लब लिड्स युनाइटेडले स्पेनिस फरवार्ड रोड्रिगो मोरेनोलाई अनुबन्ध गरेको छ ।
लिड्सले फरवार्ड रोड्रिगोलाई स्पेनिस क्लब भ्यालेन्सियाबाट अनुबन्ध गरेको हो ।
लिड्सले शनिबार रोड्रिगोलाई ३० मिलियन पाउण्डमा अनुबन्ध गरेको हो ।
फरवार्ड रोड्रिगोले लिड्ससँग चार वर्षको सम्झौता गरेका छन् ।
भ्यालेन्सियाको लागि रोड्रिगोले २ सय २० खेलमा ५९ गोल गरेका छन् । भ्यालेन्सियाबाट उनले कोपा डेल रे जितेका छन् ।
ब्राजिलमा जन्मिएका रोड्रिगोले स्पेनका लागि २२ खेलमा ८ गोल गरिसकेका छन् ।
लिड्स यस सिजन इंग्लिस प्रिमियर लिग फुटबलमा बढुवा भएको हो ।
च्याम्पियनसिपको उपाधि जित्दै लिड्स १६ वर्षपछि शीर्ष डिभिजनमा फर्किएको हो ।
लिड्स सन् २००४ मा रेलिगेसनमा परेको थियो ।
लिड्सले च्याम्पियन लिभरपुलसँग खेल्दै सिजनको सुरुवात गर्नेछ ।