एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा लियोनले डिजोनाई हराएको छ ।
शुक्रबार राति मेम्फिस डिपेको ह्याट्रिकमा लियोनले डिजोनमाथि ४–१ को जित निकालेको हो ।
औरिलियन स्कीडलरको गोलमा डिजोनले खेलको १४ औं मिनेटमा अग्रता लिएको थियो ।
३९ औं मिनेटमा डिपेले पेनाल्टीमार्फत लियोनलाई खेलमा फर्काएका थिए ।
पहिलो हाफको अन्तिम मिनेटमा वेस्ले लौटाओले आत्मघाति गोल गरेसंगै लियोनले खेलमा अग्रता बनायो ।
पहिलो हाफको ईन्जुरी समयमा डिपेले लियोनलाई ३–१ ले अघि बढाए ।
डिपेले ६६ औं मिनेटमा ह्याट्रिक पुरा गर्दै लियोनलाई सहज जित दिलाए ।

बार्सिलोनाले खेलाडी सरुवा बजारमा डिपे अनुबन्धनका लागि ईच्छा देखाईरहेको छ । नयाँ प्रशिक्षक रोनाल्ड कोम्यान समर ट्रान्सफरको पहिलो खेलाडीको रुपमा डिपेलाई अनुबन्धन गर्न चाहन्छन् ।
लियोनले लिग वानको पहिलो खेलमा जित निकाल्दै ३ अंक जोडेको छ ।