वेस्ट ह्यामका गोलकिपर रोबर्टो भायाडोलिडमा
शुक्रबार, भदौ १२, २०७७खेलपाटी संवाददाता

एजेन्सी । स्पेनिस क्लब रियल भायाडोलिडले गोलकिपर रोबर्टो जिमिनेजलाई अनुबन्ध गरेको छ ।
भायाडोलिडले स्पेनिस गोलकिपर रोबर्टोलाई फ्रि ट्रान्सफरमा अनुबन्ध गरेको हो ।
३४ वर्षीय गोलकिपरले ला लिगा क्लब भायाडोलिडसँग ३ वर्षको सम्झौता गरेका छन् ।
सम्झौतासँगै गोलकिपर रोबर्टो २०२३ को जुन ३० सम्म भायाडोलिडमा रहने छन् ।
रोबर्टोले सिजनको अन्त्यसँगै इंग्लिस क्लब वेस्ट ह्याम छाडेका थिए । रोबर्टोले गत सिजन स्पेनिस क्लब अलाभेसबाट लोनमा खेलेका थिए ।
स्पानियोलबाट २०१९ मा वेस्ट ह्याम आएका उनले क्लबका लागि कुल १० खेल मात्र खेलेका छन् ।






-1762161953662.webp&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762154705887.png&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)


