एजेन्सी । लियोनल मेस्सी अनुबन्धनको दौडमा प्रिमियर लिग क्लब लिभरपुल नरहने भएको छ ।
क्लबका प्रशिक्षक योर्गेन क्लोपले मेस्सी अनुबन्धको दौडमा आफुहरु नरहेको प्रष्ट पारे ।
उनले अर्जेन्टिनी फरवार्ड प्रिमियर लिगमा आउनु सुखद हुने बताए ।
मेस्सीले बार्सिलोना छोड्ने निर्णय गरेपछि अर्जेन्टिनी फरवार्डको भविष्यलाई लिएर विभिन्न अड्कल सुरु भएको छ । तर क्लोपले लिभरपुलले मेस्सी अनुबन्धन गर्ने कुनै सम्भावना नरहेको बताएका छन् ।
‘मेस्सीलाई कसले आफ्नो टिममा चाहदैन ?’ क्लोपले भने ।
‘इमान्दारिताका साथ भन्नु पर्दा त्यो नम्बर हाम्रा लागि हैन । उनी राम्रा खेलाडी हुन् ।’ उनले थपे ।
मेस्सी पूर्व प्रशिक्षक पेप ग्वार्डीओलाको म्यानेष्टर सिटीसंग जोडिएका छन् । मेस्सीको अनुबन्धनले मुख्य प्रतिद्धन्दी सिटीलाई हराउन गाह्रो पर्ने क्लोेप स्विकार गर्छन् ।
गत सिजन लिभरपुलको मुख्य प्रतिद्धन्दी म्यान्चेष्टर सिटी देखिएको थियो । इतिहाद क्लबलाई पछि पार्दै लिभरपुलले प्रिमियर लिगको उपाधि उचालेको थियो ।
मेस्सी अनुबन्धनका लागि सिटीले पहिलो टिमका बर्नान्डो सिल्भा, रियाद महरेज र ग्याब्रियल जिससलाई साट्न तयार रहेको हल्ला पनि सार्वजनीक भएको छ ।
‘प्रिमियर लिगलाई यसले फाईदा गर्छ । तर मलाई लाग्दैन कि प्रिमियर लिगलाई बढवा दिन आवश्यक छ ।’ क्लोप भन्छन् ।
‘उनले अन्य लिग खेलेका छैनन् । यहाँको फुटबल फरक छ । म यो हेर्न चाहन्छु तर यो हुने कुरामा म पक्का छैन ।’ उनले थपे ।
लिभरपुलले आर्सनलसंग कम्युनिटी सिल्डमा खेल्दै नयाँ सिजनको सुरुवात गर्नेछ । क्लोपले आफु लिभरपुलको टिमबाट खुसी रहेको बताए ।