एजेन्सी । इंग्लिस क्लब चेल्सीले ब्राजिलियन डिफेन्डर थियागो सिल्भालाई अनुबन्ध गरेको छ ।
चेल्सीले सेन्टर ब्याक सिल्भालाई फ्रि ट्रान्सफरमा अनुबन्ध गरेको हो ।
चेल्सीले डिफेन्डर सिल्भासँग एक वर्षको सम्झौता गरेको छ । यस्तै चेल्सीले उनलाई अनुबन्ध १२ महिना थप गर्ने विकल्प समेत दिएको छ ।
चेल्सीसँग सम्झौता गरेपछि सिल्भाले फ्रान्क लाम्पार्डको टिमको एक हिस्सा हुन पाउँदा खुशी भएको बताए ।
'चेल्सीमा अनुबन्धित हुँदा खुसी छु । फ्रान्क लाम्पार्डको रोमान्चक टिमको एक हिस्सा बन्दा खुशी छु र सम्मानलाई चुनौती दिन तयार छु,' उनले भनेका छन् ।

सिल्भाले च्याम्पियन्स लिग सकिएसँगै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेका थिए ।
गत आइतबार राति भएको च्याम्पियन्स लिगको फाइनलमा पीएसजी जर्मन क्लब बायर्न म्युनिखसँग १-० ले पराजित भएको थियो ।
चेल्सीले उनलाई यस समरमा तेस्रो खेलाडीको रुपमा क्लब भित्र्याएको हो ।
३५ वर्षीय सिल्भा सन् २०१२ मा एसी मिलानबाट पीएसजी आएका थिए ।
पीएसजीमा आठ वर्ष रहदा सिल्भाले ७ पटक लिग वानको उपाधि जितेका थिए ।