एजेन्सी । च्याम्पियनसिप क्लब स्वान्सी सिटीले प्रिमियर लिग क्लब उल्भ्सका मिडफिल्डर मोर्गन गिब्स ह्वाइटलाई अनुबन्ध गरेको छ ।
स्वान्सीले मोर्गनलाई एक सिजनका लागि लोनमा अनुबन्ध गरेको हो ।
स्वान्सीले मंगलबार मोर्गनलाई अनुबन्ध गरिएको जनाएको छ ।
२० वर्षीय मिडफिल्डरले वुल्भ्सका लागि ७० खेल खेलेका छन् ।
सन् २०१९/२० को सिजन भने ७ खेल खेलेका थिए ।
स्वान्सीसँग सम्झौता गरेपछि मोर्गनले आफु खुशी भएको प्रतिक्रिया दिए ।
'म यहाँ हुँदा खुशी लागेको छ । समर्थकलाई खुशी बनाउन आतुर छु र त्यसका लागि म सबै थोक गर्नेछु,' मोर्गनले भने ।
/cloudfront-us-east-1.images.arcpublishing.com/expressandstar.mna/INEYV5IKYVGK3HHZJHIMGYL4FI.jpg)