एजेन्सी । यूईएफए नेसन्स लिग फुटबलका लागि इंग्ल्यान्डले राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ ।
इंग्ल्यान्डले सुरुवाती दुई खेलका लागि २४ सदस्सीय टिमको घोषणा गरेको हो ।
नेसन्स लिग अन्तर्गत इंग्ल्यान्डले सेप्टम्बरमा आइसल्याण्ड र डेनमार्कसँग खेल्नेछ ।
इंग्ल्यान्डले सेप्टेम्बर ५ मा आइसल्याण्ड र सेप्टेम्बर ८ मा डेनमार्कसँग खेल्नेछ ।
मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले घोषणा गरेको टिमको गोलरक्षकमा जोर्डन पिक्फोर्ड, डीन हेन्डरसन र निक पोप रहेका छन् ।
डिफेन्डरमा ट्रेन्ड एलेक्जेन्डर आर्नोल्ड, एरिक डायर, जोइ गोमेज, माइकल केन, ह्यारी मागुएर, ट्रोएनी मिन्ग्स, केइरन ट्रिपियर र केली वाल्कर रहेका छन् ।
मिडफिल्डमा फिल फोडेन, मासन माउन्ट, काल्भिन फिलिप्स, डिक्लेन राइस, जेम्स वार्ड र ह्यारी विंक्स रहेका छन् ।
टोलीको फरवार्डमा ह्यारी केन, मार्कुस राष्फोर्ड, जाडोन सान्चो, रहिम स्ट्रर्लिङ, ड्यानि इन्ग्स, मासुन ग्रीनवुड र टामी अब्राहम रहेका छन् ।
