एजेन्सी । यूईएफए सुपर कप फुटबलको फाइनलमा दर्शकले रंगशाला प्रवेश गरेर खेल हेर्न पाउने भएका छन् ।
युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले सुपर कपको फाइनलमा ३० प्रतिशत दर्शकलाई रंगशाला प्रवेश गर्न दिने निर्णय गरेको छ ।
जर्मन क्लब बायर्न म्युनिख र स्पेनिस क्लब सेभियाबीचको सुपर कप हंगेरीको राजधानी बुडापेस्टमा सेप्टेम्बर २४ मा हुनेछ ।
सुपर कपमा च्याम्पियन्स लिग विजेता र युरोपा लिग विजेताले प्रतिस्पर्धा गर्ने छन् ।
यस सिजन बायर्नले च्याम्पियन्स लिग र सेभियाले युरोपा लिग जितेको थियो ।
यस्तै युएईएफएले अन्य खेलहरु भने बन्द रंगशालामै खेलाउने निर्णय गरेको छ ।