एजेन्सी । नेसन्स लिग अन्तर्गत फिनल्याण्ड र बुल्गेरियाविरुद्धको खेलका लागि वेल्सले राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ ।
मुख्य प्रशिक्षक रायन गिग्सले सुरुवाती दुई खेलका लागि मंगलबार २६ सदस्सीय टिमको घोषणा गरेको हो ।
वेल्सले घोषणा गरेको टिममा रियल मड्रिडका फरवार्ड ग्यारेथ बेल, म्यानचेस्टर युनाइटेडका मिडफिल्डर ड्यानियल जेम्स र युभेन्ट्सका मिडफिल्डर आरोन रामसे अटाएका छन् ।
यस्तै लिभरपुलका डिफेन्डर समेत रहेका निको विलियम्सले सिनियर टिममा पहिलोपटक स्थान बनाएका छन् ।
लिग 'बी' मा रहेको वेल्सले पहिलो खेलमा फिनल्याण्डसँग सेप्टेम्बर ३ मा उसैको मैदानमा खेल्नेछ ।
यस्तै सेप्टेम्बर ६ मा बुल्गेरियासँग घरेलु मैदानमा खेल्नेछ ।
