एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) को पहिलो खेल स्थगित भएको छ ।
नयाँ सिजनको पहिलो खेलमा पीएसजीले शनिबार लेन्ससँग खेल्ने तालिका रहेको थियो ।
तर, आइतबार मात्र च्याम्पियन्स लिगको फाइनल खेलेको पीएसजीले पहिलो खेल सार्न अनुरोध गरेको थियो ।
पोर्चुगलको लिस्बनमा भएको फाइनलमा पीएसजी जर्मन क्लब बायर्न म्युनिखसँग १-० ले पराजित भएको थियो ।
पीएसजीको अनुरोधपछि लिग अधिकारीले खेल स्थगित गरेको हो ।
अब पीएसजीले उक्त खेल सेप्टेम्बर १० मा खेल्नेछ ।
फ्रेन्च लिग वानको नयाँ सिजन गत हप्ताबाट सुरु भईसकेको छ ।
गत सिजन भने कोरोना भाईरसको महामारीले लिग रद्द भएपछि शीर्ष स्थानमा रहेको पीएसजीले उपाधि जितेको थियो ।