एजेन्सी । कीर्तिमानी जमैकन धावक युसेन बोल्टको जन्म दिनको पार्टीमा सहभागी भएका फुटबलर रहिम स्ट्रर्लिङको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
३४ वर्षीय बोल्टलाई कोरोना संक्रमण देखिएपछि पार्टीमा सहभागी भएका स्ट्रर्लिङले कोरोना परिक्षण गरेका थिए ।
कोरोना नेगेटिभ आएपछि स्ट्रर्लिङ नेसन्स लिग खेल्ने इंग्ल्यान्डको टिममा पर्ने सम्भावना भएको छ ।
बोल्टलाई शनिबार कोरोनाको संक्रमण देखिएको थियो । त्यस अघि बोल्टले जमैकामा ३४ औं जन्मदिनको पार्टी आयोजना गरेका थिए ।
उक्त पार्टीमा म्यानचेस्टर सिटी तथा इंग्ल्यान्डका स्टार स्ट्रर्लिङ सहित अन्य स्टारहरु सहभागी भएको बताईएको छ ।
कोरोना देखिएपछि बोल्ट भने आईसोलेसनमा बसेका छन् ।
बोल्टले ट्रयाक एन फिल्डबाट तीन वर्षअघि सन्यास लिएका थिए ।
शताब्दीकै उत्कृष्ट धावक मानिने बोल्टले आफ्नो खेल करियरमध्ये ओलम्पिक खेलकुदमा मात्र ८ स्वर्ण पदक जितेका छन् ।
बोल्ट ट्रयाक एण्ड फिल्डमा हालसम्मकै सफल धावक समेत हुन् । त्यस्तै उनको नाममा १०० मिटरमा विश्व किर्तिमान रहेको छ ।